सिरियाले गरेको हवाई हमलामा २९ जना टर्कीस सेना मारिए

उज्यालो प्रतिनिधि १६ फाल्गुन २०७६, शुक्रबार प्रवास

एजेन्सी । सिरियाले गरेको हवाई हमलामा २९ जना टर्कीस सेना मारिएको टर्कीका प्रान्तीय गभर्नरले बताएका छन् ।

सिरियाकै उत्तर-पश्चिमी क्षेत्रमा रहेकाे इड्लिब प्रान्तमा भएको हमलामा त्यो भन्दा बढी सङ्ख्यामा सैन्य अधिकारीहरू घाइते भएकाे उनले जनाएका छन् । अन्य विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या धेरै छ । यद्यपि सरकारी विवरण अनुसार कम्तीमा पनि २९ जनाकाे मृत्यु भएकाे हाे ।

द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स नामक समूहले बिहीबार साँझ भएको हवाई हमलामा कम्तीमा ३४ जना मारिएकाे बताएकाे थियाे ।

घटनापछि टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले सुरक्षा संयन्त्रको उच्चस्तरीय बैठक बोलाएका छन् । इड्लिब प्रान्त त्यहाँका विद्रोहीहरूको कब्जामा रहँदै आएको छ । रुसको समर्थन पाइरहेकाे सिरियाली सैन्य बलले विद्रोहीहरूको कब्जाबाट साे प्रान्त आफ्नो कब्जामा फिर्ता लिन चाहेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार