मास्कको भाउमा मनपरी,६ गुणासम्म लिन्छन व्यापारी

उज्यालो प्रतिनिधि १६ फाल्गुन २०७६, शुक्रबार समाचार

काठमाडौं । बालाजु काभ्रेस्थलीकी कमला थापाले आठ थान साधारण पेपर मास्क किनिन् । यसका लागि उनले २०० रुपैयाँ तिरिन्। तर करिब एक महिनाअघि भने उनले त्यति नै परिमाणको मास्क ४० रुपैयाँमा किनेकी थिइन्। अहिले उनले प्रतिगोटा २० रुपैयाँ बढी तिर्नुपर्‍यो।

फार्मेसीमा पेपर मास्क नपाएपछि फुटपाथ पसलबाट किनेको उनको भनाइ छ। ‘अरू बेला प्रतिगोटा पाँच रुपैयाँमा मास्क किनिन्थ्यो। अहिले त्यसलाई २५ रुपैयाँ तिर्नुपर्‍यो,’ उनले भनिन्।

खुद्रामा प्रतिगोटा पाँच र १० रुपैयाँमा पाइने साधरण मास्क अहिले उपभोक्ताले २५ देखि ३० रुपैयाँसम्म तिर्नुपरेको छ। मास्कको सटेज हुन थालेदेखि केही फार्मेसीले बिक्री नगरेको र केहीले थोक मूल्य नै बढेर आएपछि त्यहीअनुसार बिक्री गरेको बताएका छन्।

महिना दिनदेखि मास्क बेच्न छोडिसकेको न्युरोड गेटस्थित न्युरोड फार्मेसीका सञ्चालक मन्दिर श्रेष्ठले बताए। अहिले पेपर मास्क छाडी कपडाको मास्क बिक्री गरिरहेको उनले सुनाए। यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार