मिर्चैयामा ‘छोरी शिक्षा बीमा कार्यक्रम’ सम्पन्न ,शिविरमा १४२ छोरीको बीमा

उज्यालो प्रतिनिधि १५ फाल्गुन २०७६, बिहीबार २ नं. प्रदेश

गणेश कुमार ठाकुर,सिरहा । प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालनमा ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’ अन्तर्गत बिहीवार सिरहाको मिर्चैया नगरपालिकाको ९ ओटा वडामा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान छोरी शिक्षा मुधति वचत खाता सचालन छोरी बीमा शिविर सम्पन्न भएको छ ।


छोरा र छोरीबीच हुने विभेदलाई अन्त्य गर्दै छोरीहरुको शिक्षामा पहुँच र्पुयाउने उद्देश्यले सञ्चालित छोरी शिक्षा बीमा शिविरमा गत २०७५ माघ २ गतेपछि प्रदेश २ मा जन्मिएका सबै छोरीको सबै कागजात पूरा गरी शिविरमै बीमा गरिने जनाइएको छ । छोरी शिक्षा बीमा शिविरमा बीमा गराउने छोरीहरुको प्रभु बैंकमा मुद्धति खाता खोलेर बीमा गरिने र बीमा बापत लाग्ने प्रिमियम रकम प्रदेश सरकारले नै खातामा जम्मा गरिदिने मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले जानकारी दिए ।

यस कार्यक्रमअन्तर्गत २०७५ माघ २ गतेदेखि आजसम्म जन्मेका बालिकालाई प्रदेश सरकारले २० वर्षपछि रु ३ लाख पाउने गरी निःशुल्क बीमा गर्ने भएको छ । प्रदेश २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत मिर्चैया नगरपालिकाका वडा न.१,२,३,४,५,६,७,८,१२ मा मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान छोरी शिक्षा मुधति वचत खाता सचालन छोरी बीमा शिविरमा १४२ जनाको छोरी बीमा गरिएको मिर्चैया नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवको उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रमको बिशिष्ट अतिथिको मिर्चैया नगरपालिकाका उप–मेयर जिवछी देवी साह, बिशिष्ट अतिथि मिर्चैया नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेल, अतिथि मिर्चैैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेश सिंह,अतिथि मिर्चैया नगरपालिकाका वडा अध्यक्षहरु,मिर्चैैया नगरपालिकाका कर्मचारी धनञ्जय महतो, अतिथि समाजिक सुरक्षा जिल्ला संयोजक टिकाराम विश्वकार्मा , अतिथि वरीष्ठ अधिवक्ता जयकुमार गोइत, मिर्चैया नागरपालिकाका कर्मचारीहरु, स्थानीयबासी ,बुद्धिजीवी, समाजसेवी , जनप्रतिनिधि, संचारकर्मी लगायतका उपस्थिति रहेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार