सुटकेस र झोला लिएर सामान्य यात्रु जसरी जहाजबाट झरिन् न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डेन

उज्यालो प्रतिनिधि १५ फाल्गुन २०७६, बिहीबार रोचक बिचित्र

एजेन्सी । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेन छिमेकी मुलुक अष्ट्रेलिया पुगेकी छिन्।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनसँग भेटवार्ता गर्न बिहीबार सिड्नी पुगेकी हुन्।

विमानस्थलमा अष्ट्रेलियाका अधिकारीहरू उनको स्वागतका लागि पुगेका थिए। आर्डेन प्रधानमन्त्रीजस्तो नभई सामान्य यात्रुजस्तो गरी जहाजबाट बाहिर निस्किइन्। उनको काँधका एउटा झोला थियो भने हातमा अर्को सुटकेस थियो।

विमानबाट झरेर उनले स्वागतमा आएका अधिकारीहरूसँग हात मिलाइन् र गाडीतर्फ अगाडि बढिन्।

गाडीमा पुगेपछि उनले डिकी खोलिन् र ब्यागहरू राखिन्। सामान्य यात्रुले झैं प्रधानमन्त्री आर्डेनले गरेका यी क्रियाकलाप एजेन्सी फ्रान्स प्रेस (एएफपी) का फोटो पत्रकारले तस्बिरमा कैद गरेका छन्। अहिले ती तस्बिरहरूको सामाजिक सञ्जाल चर्चा भइरहेको छ। नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ता आर्डेनको यो सरलता र सामान्यपनबाट नेपाली नेताले पनि केही कुरा सिक्नुपर्ने बताएका छन्।

विमानस्थलमा पुगेका पत्रकारहरूसँग कुराकानी गर्दै आर्डेनले गएका १२ महिनाले न्युजिल्याण्ड र अष्ट्रेलियाको घनिष्ठ सम्बन्धलाई देखाएको बताइन्।

‘अष्ट्रेलियाको आगो होस् वा सयौं अधिकारी न्युजिल्याण्डबाट यहाँ सहयोग गर्न पुगेको होस् वा कोरोनाभाइरस हामीसँग थुप्रै उदाहरण छन् जसले हामी एकदमै नजिक छौं भन्ने देखाउँछ,’ उनले भनिन्।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार