मानहानि गरेको भन्दै राष्ट्रपति ट्रम्पद्वारा न्यु योर्क टाइम्सविरुद्ध मुद्दा दायर

उज्यालो प्रतिनिधि १५ फाल्गुन २०७६, बिहीबार प्रवास

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मानहानि गरेको भन्दै विश्व प्रख्यात पत्रिका न्यु योर्क टाइम्सविरुद्ध मुद्दा दायर भएको छ ।

राष्ट्रपति ट्रम्पको अभियान-२०२० ले उनको पक्षमा बुधबार न्यु योर्क टाइम्सविरुद्ध मुद्दा दायर गरेको हो । पत्रिकाले ‘जानीजानी झुठो र बदनाम गर्ने गरी सामग्री’ प्रकाशन गरेको भन्दै उक्त मुद्दा दर्ता गरिएको सिएनएनले जनाएको छ ।

न्यु योर्क टाइम्सविरुद्ध मुद्दा दायर भएसँगै राष्ट्रपति ट्रम्प र सञ्चारमाध्यमबीचको वाक युद्ध थप उचाइमा पुगेको छ । ‘लेखकले लेखेको कुरा आफूलाई अस्वीकार्य भएपछि ट्रम्प अभियानले अदालतमा गएर लेखकलाई सजाय दिने प्रयास गरेको छ’, न्यु योर्क टाइम्सका एक प्रवक्ताले भने ।

‘तर अमेरिकी कानुनले सबै नागरिकलाई सार्वजनिक महत्वको विषयमा आफ्नो विचार र राय व्यक्त गर्ने अधिकार दिएको छ जुन खुसीको कुरा हो । हामीले यो अधिकार रक्षा हुने आशा गरेका छौं’, ती प्रवक्ताले थपे ।

आगामी नोभेम्बर महिनामा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको पक्षमा थालिएको अभियानले सन् २०१९ को मार्च महिनामा न्यु योर्क टाइम्समा प्रकाशित एक आलेखलाई लिएर मानहानिको मुद्दा दायर गरेको हो ।

सन् २०१९ को मार्चमा न्यु योर्क टाइम्समा पत्रिकाका पूर्व कार्यकारी सम्पादक मार्क फ्रान्केलको एक आलेख प्रकाशित भएको थियो । ‘द रियल ट्रम्प रसिया क्विड प्रो क्व’ (ट्रम्प-रुससम्बन्धको वास्तविक क्षतिपूर्ति) नामक उक्त आलेखमा ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच राष्ट्रपतीय चुनावताका गोप्य साँठगाँठ भएको उल्लेख गरिएको थियो ।

चुनावमा हिलारी क्लिन्टनविरुद्ध आफूलाई सहयोग गरे रुस पक्षीय विदेश नीति लागू गर्ने गरी ट्रम्पले पुटिनसँग साँठगाँठ गरेको फ्रान्केलले आफ्नो लेखमार्फत् तर्क गरेका थिए ।

स्मरणीय छ, राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले मूलधारका अमेरिकी सञ्चार माध्यममाथि आफूलाई बदनाम गर्न खोजेको र यस क्रममा गलत समाचार प्रकाशित गरेको आरोप लगाउँदै आइरहेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार