१ प्रहरीले गर्छन १ हजार मानिसको सुरक्षा

उज्यालो प्रतिनिधि १५ फाल्गुन २०७६, बिहीबार समाचार

काठमाडौं । महानगरीय प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेले करिब एक लाख बीस हजार जनसङ्ख्यालाई सुरक्षा दिँदै आएको छ।

१३२ जनाको दरबन्दी रहेको वृत्तमा हाल १२० जना मात्र प्रहरी कार्यरत छन्। प्रत्येक प्रहरीको भागमा एक हजार मानिस पर्छन्। काठमाडौं महानगरपालिका वडा नं १६, १७ र २३ का केही भागहरु यस वृत्तको क्षेत्रभित्र पर्दछ।

उत्तरमा बालाजु पुलदेखि मित्रनगर पुल, रेडन पुल हुँदै रानीबारी चोकसम्म, पूर्वमा रानीबारीदेखि लाजिम्पाट, लैनचौर हुँदै ज्याठासम्म, दक्षिणमा ज्याठादेखि थहिटी हुँदै तमसिपाखासम्म र पश्चिममा तमसिपाखादेखि डल्लु पुल, नयाँ पुल हुँदै बालाजु पुलसम्म यस वृत्तको क्षेत्र हो।

वृत्तमा प्रहरी नायब उपरीक्षक १ जना, प्रहरी निरीक्षक ३ जना, प्रहरी नायव निरीक्षक १० जना, प्रहरी सहायक निरीक्षक १६ जना, प्रहरी हवल्दार २० जना, प्रहरी जवान ७८ जना र प्रहरी कार्यलय सहयोगी ४ जना गरी १३२ जनाको दरबन्दी रहेको छ।

तर अहिले १२० जना मात्र कार्यरत रहेको उत्त वृत्तले करिव एकलाख बीस हजार मानिसको सुरक्षा दिँदै आएको छ। बिशेष गरेर अपराधिक गतिबिधि बढी हुने र पर्यटकीय क्षेत्र ठमेल अझ संवेदनशील क्षेत्र भए पनि यो बर्ष यस क्षेत्रमा अपराधिक क्रियाकलापमा कमी आएको प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले बताए।

दरबन्दी अनुरुप प्रहरी नभएकाले प्रहरीलाई चाप परे पनि अहोरात्र खटेर भएपनि शान्ति सुब्यवस्था कायम गरेको उनले बताए। बिगतका बर्षहरुमा भन्दा यस बर्ष तुलनात्मक रुपमा अपराधिक क्रियाकलाप घटेको उनको दावी छ। अपराधिक गतिविधि कम हुनुमा सामुदाय प्रहरी साझेदारी कार्यक्रमको ठूलो भुमिका रहेको राठौर बताउँछन्।

लागुपदार्थ नियन्त्रणका लागि काउन्सिलिङ गरेर, बिभिन्न एम्बुस स्थापना गरेर, साईकल गस्तीलाई बढाएर र ठमेलमा बिभिन्न लागुऔषधी कारोबार र यौन अपराध बढी हुने गरेकाले यो क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर अगाडि बढेको कारणले सफलता पाएको उनले बताए।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार