नेकपा मालेका महासचिव सिपी मैनाली चढेको कार दुर्घटना,अवस्था गम्भिर

उज्यालो प्रतिनिधि १५ फाल्गुन २०७६, बिहीबार समाचार

काठमाडौं। नेकपा मालेको महासचिव सिपी मैनाली चढेको कार दुर्घटना हुँदा मैनाली गम्भीर घाइते भएका छन्।

बर्दिबासबाट काठमाडौं आउँदै गरेका मैनाली चढेको कारलाई सिन्धुलीबाट बर्दिवास आउँदै आएको पिकअपले ठक्कर दिँदा मैनालीको टाउकोमा चोट लाग्नुका साथै खुट्टा फयक्चर भएको सिन्धुलीका डिएसी माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

अहिले उनको जनसेवा अस्पतालमा उपचार भइरहेको छ। थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको डिसपी बुढाथोकीले डिसी नेपाललाई जानकारी दिए।

मैनाली परिवारसहित बर्दिवासबाट काठमाडौं फर्किँदै थिए। प्रहरीका अनुसार मैनाली सवार बा ४ च २१२० नम्बरको कारमा मैनालीकी श्रीमती, छोरा, बुहारी र नाति थिए। उक्त कारलाई विपरित दिशाबाट आएको ना ४ ख ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार