गणेश कुमार ठाकुर,सिरहा । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान र ईलाका प्रहरी कार्यालय लाहानको संयुक्त चेकिङ्ग टोलीद्धारा वेलुकाको समयमा जिल्ला सिरहाको लहान नगरपालिका वडा नं.१ जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका अगाडी पुर्व–पश्चिम लोकमार्गमा लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनको चेकजाँचमा तिब्रता दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरिक्षक( ईन्सपेक्टर) खगेन्द्र एक्तेनले बताए ।
ईन्सपेक्टर एक्तेनको अनुसार अधिकांश दुघर्टना चालकको लापरवाहीले हुने निष्कर्ष निकाल्दै चालकहरुकै लापरवाहीका कारण हुने सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले प्रभावकारी कार्यक्रमहरु सिर्जनशील जनचेतनामूलक काम गर्दैं हरेक चालकहरुलाई आफ्नो जिम्मेवारप्रति इमान्दारीपूर्वक सजग रहन प्रेरणा र हौसला मिलोस् भन्दै अभियान सञ्चालन गरेको थियो । धेरै सवारी दुर्घटना तीव्रगति, मादकपदार्थ सेवन गरेर, यात्रुको गल्तीका कारण, सडकको अवस्था, प्रतिस्पर्धा, यान्त्रिक गडवडी, ओभरलोड, चौपाया मौसमको कारण भएको तथ्यांक छ ।