काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । दुई नेताबीच झण्डै डेढ घन्टा कुराकानी भएको थियो ।
ओली र कोइरालाबीच पहिलेदेखि नै सुमधुर सम्बन्ध छ। बेलाबेला ओली-कोइराला भेटघाट र ठट्यौली कुरा पनि भइरहन्छ।
पछिल्लो समय पार्टीभित्रको आन्तरिक कलहले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा चैन छैन। बुधबारमात्रै सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउन सिफारिस गर्ने निर्णय गरेपछि तनाव झन् बढेको छ।