गणेश कुमार ठाकुर ,सिरहा । तेस्रो गोलबजार मेयर गोल्डकप २०७६ को उपाधी बागमती युवाक्लवले हात पारेको छ । चर्च ब्वाईज, काठमाडौंसँग भएको फाईनल खेलमा बागमतीले सुन्यको विरुद्ध २ गोल गर्दै ३ लाख नगद उपाधी हात पारेको हो । दोस्रो भएका चर्च व्बाईजले एक लाख ५० हजार नगर पाएको छ ।
फाइनल खेलमा मागमतीको तर्फबाट जर्सिनम्वर ९ का विदेशी खेलाडी फिलिप, र जर्सि नम्वर ६ खेलाडी दिप लामाले गरेका थिए । दुवै गोल मध्यमन्तर पछि भएको थियो । समापन समारोहमा खेल अवधिभरका सर्वोतकृट खेलाडी बागमतीका याङदोर्जे लामा १५ हजार सहित सम्मान पत्रले सम्मान गरेको आयोजकले जनाएको छ । त्यसैगरी, उतकृष्ट गोलकीपर चर्च ब्वाइजका रेम्बो चौधरी, उतकृष्ट डिफेन्स निरज बस्नेत, उतकृत फरवार्ड रोसन तुम्हाम्फे लाई सम्मानपत्र सहित १० हजार नगद प्रदान गरिएको छ ।
त्यसैगरी, सर्वा्धिक गोलकर्ता बागमतीका विदेशी खेलाडी फिलिप ३ गोल गरेका थिए । उनलाई नगद १० हजार सहित सम्मानपत्र प्रदान गरिएको थियो । भने, बागमतीकै गोलरक्षक अरुण लामा आजको खेलमा म्यान अफ दी म्याच घोषणा भए । उनलाई ६ हजार नगद र सम्मान गरिएको छ ।