राष्ट्रिय पहिचानमा खेलकुदको योगदान छ : मन्त्री विश्वकर्मा

उज्यालो प्रतिनिधि १५ फाल्गुन २०७६, बिहीबार २ नं. प्रदेश

गणेश कुमार ठाकुर,सिरहा । नेपालमा पनि व्यवसयीक खेलकुदको विकास भईरहेको युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले ताएका छन् । सिरहाको गोलबजार नपा २ गुरुधाममा एकीकृत खेल ग्रामको शिल्यान्यास तथा तेस्रो मेयर गोलबजार नगर गोल्डकपको फाइनल खेललाई सम्वोधन गर्दै मन्त्री विश्वकर्माले कुनै वेला हुने खाने समूदायको मनोरञ्जनको सधानमात्र रहेको खेलकुद विस्तारै व्यवसायीक वन्दै गएको बताका हुन् ।

खेलकुद व्यक्तिगत स्वास्थ्यसँगै अन्तराष्ट्रिय स्तरमा राष्ट्रको पहिचान बनाउन पनि खेलकुदको महत्वपूर्ण योगदान रहेको मन्त्री विश्वकर्माले बताए । उनलेभने, ‘खेलकुदले पछिल्लो पटक व्यक्तिको स्वास्थ्य, नाम, इज्जतसँगै राष्ट्रको शिर पनि उचो बनाएको छ ।’
खेलकुद जगतलाई व्यसायीक बनाउन तीनै तहका सरकार, नीजी तथा गैर सरकारी संस्थाहरुको पनि लगानी आवश्यक रहेको मन्त्री विश्वकर्माले बताए । उनलेभने, ‘विकसित मुलुकहरुमा नीजि क्षेत्रले पनि खेलकुदमा लगानी गरेको धेरै उदाहरण छन्, नेपाली खेलकुदलाई थप उचाँईमा पुर्याउन सवैक्षेत्रको लगानीको जरुरी छ ।’

बर्तमान सरकारले खेलकुद पूर्वाधार विकासको लागि ८४ वटा पालिकामा लगानी गरिरहेको बताउँदै त्यही मध्य गोलबजार पनि एक भएको बताए । उनलेभने, ‘संघिय सरकारले ८४ पालिकामा खेलकुद पूर्वाधार विकास योजना ल्याएको छ, ती सवै कार्यहरु समयमै सम्पन्न हुन्छ ।’
मन्तव्यकै मन्त्री विश्वकर्माले चालु आर्थिक बर्षमा एक करोट बजेट यो खेलग्रामको लागि छुट्याएको भन्दै ती वर्ष्भित्र खेलग्रामको सम्पूर्णकाम सम्पन्न हुने बताए । उनलेभने, ‘आफ्नो मन्त्रालयले आवश्यक सवै निकायसँग समन्वय र सहकार्य गरेर यो खेलग्राम ३ बर्ष भित्रै पुरा गर्ने प्रतिबद्धता गर्दछु ।’

शिल्यान्यास तथा तेस्रो मेयर गोलबजार नगर गोल्डकप प्रतियोगिताको फाइनल खेललाई सम्वोधन गर्न पूर्व मन्त्री विश्वनाथ साह, संघिय सासंद लिलानाथ श्रेष्ठ, प्रदेश सभा सदस्य प्रमोद यादव लगाएतले सम्वोधन गरेका थिए ।
उनीहरुले खेलकुद आज व्यक्ति, तह र राष्ट्रकै गौरव उचो बनाउने अवस्थामा रहेको भन्दै यसको विकास आ–आफ्नो तर्फबाट भरपुर सहयोग गर्ने बताए ।

खेल ग्राम निर्माणको लागि करिव ७ अरम रुपैयाँ लाग्ने गरी डिपीआर तयार भएको गोलबजार नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत श्रीधर केहीले जानकारी दिए । उनले समग्र विकासभित्र खेलकुद पनि पर्ने भन्दै गोलबजार नगरपालीका सन्तुलित विकासमा विश्वास गर्ने भन्दै खेलकुदमा निरन्तर लगानी गर्दै आएको जनाए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार