वुहानबाट स्वदेश फर्काइएका नागरिकलाई जब युक्रेनमा जिउँदै जलाउने प्रयास गरियो

उज्यालो प्रतिनिधि १५ फाल्गुन २०७६, बिहीबार प्रवास

काठमाडौं। चीनको वुहान प्रान्तबाट स्वदेश फर्काइएका नागरिकलाई युक्रेनमा जिउँदै जलाउने प्रयास गरिएको छ । त्यहाँका स्थानीयले क्वारेन्टाइनका लागि ल्याइएको ७२ जना नागरिक सवार बसमा आगोको गोला फालेका थिए । उनीहरुले आफूहरु पनि संक्रमित हुन सक्ने भन्दै बसमा आक्रमण गरेको रोयटर्सले जनाएको छ ।

ती युक्रेनी नागरिकहरूलाई १४ दिनको क्वारेन्टाइनका लागि नोबी सान्जारीस्थित अस्पताल लगिँदै थियो । बाटोमै बसमा आक्रमण भभएको हो । आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले स्थानिय जनताहरूलाई एकजुटता देखाउन र आफूहरू सबै मानव भएको सम्झन अपिल गरेका छन् । बिहीबार कोरोनाभाइरसबाट पीडित चिनियाँ शहर वुहानबाट ४५ युक्रेनी नागरिकसँगै २७ विदेशी नागरिकहरूलाई पूर्वी युक्रेनको कारकिभ ल्याइएको थियो ।

६ वटा बसमा राखेर उनीहरूलाई अस्पताल लगिदैं गर्दा स्थानीय प्रदर्शनकारीहरूले ती बसहरूमा ढुंगा र आगोका गोलाहरु प्रहार गरेका थिए । त्यहाँको स्वास्थ्य मन्त्रालयले वुहानबाट उद्धार गरेर ल्याइएका कोहीमा पनि कोरोनाभाइरसको संक्रमण नरहेको स्पष्ट पारेको छ । आक्रमण भएपछि युक्रेनका प्रधानमन्त्री, स्वास्थ्यमन्त्री तथा आन्तरिक मामिला मन्त्रीले त्यहाँ पुगेर तनाव मत्थर गर्ने प्रयास गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार