राष्ट्रपतिको भ्रमणका अवसरमा सार्वजनिक बिदा

उज्यालो प्रतिनिधि १५ फाल्गुन २०७६, बिहीबार समाचार

बैतडी । राष्ट्रपतिको भ्रमणका अवसरमा बैतडीको एक नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण हुने भएकाले बैतडीको पाटन नगरपालिकाले आज बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

नगरकार्यपालिकाको बैठकले राष्ट्रपतिको भ्रमणमा नगरपालिकाले बिहीबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए।

उनले भने, “राष्ट्रपति भण्डारीको स्वागतमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।” राष्ट्रपति भण्डारी आजदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा आउँदै छन्।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली जन्मदिन मनाउन गत आइतबार तेह्रथुमको आठराई गाउँपालिका जाँदा गाउँपालिकाले सार्वजनिक बिदा दिएको थियो।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार