फिलिपिन्सका राष्ट्रपतिको चेतावनी : भ्रष्ट कर्मचारीलाई उडिरहेको हेलिकोप्टरबाट फ्याक्छु

उज्यालो प्रतिनिधि १५ फाल्गुन २०७६, बिहीबार प्रवास

एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले भ्रष्ट कर्मचारीलाई उडिरहेको हेलिकोप्टरबाट फ्याँक्ने चेतावनी दिएका छन् । साथै यसअघि पनि आफूले यस्तो गरेको उनले स्वीकार गरेका छन् ।

‘जसले भ्रष्टाचारका लागि यो (सार्वजनिक कोष) प्रयोग गर्छ, म उसलाई हेलिकोप्टरमा मनिला लिएर जान्छु र आकासमा उडिरहेको बेला बाहिर फलिदिन्छु,’ उनले भनेका छन् ।

उनले अघि भने, ‘हो म यो गर्छु । यसअघि पनि गरेको छु र फेरि गर्छु ।’ ७१ वर्षे डुटेर्टेले हेलिकोप्टरबाट फालेको घटनाबारे थप बताउन चाहेनन् । तर, रिपोर्टहरुमा जनाइए अनुसार डावाकोको मेयर हुँदा एक अपहरणकारीलाई उडिरहेको विमानबाट उनले फालेका थिए ।

एक साता अघि उनले एक विजनेश फोरममा डावाकोको मेयर आफैंले गोली हानेर मारेको बताएका थिए । ‘मैले त सक्छु भने तिमीले किन सक्दैनौ’ भनेर पुसिललाई देखाउन आफूले गोली चलाएको र तीन जना मारिएको उनले बताएका थिए ।

डुटेर्टे फिलिपिन्सको राष्ट्रपति भएको आज शुक्रबार ६ महिना पुग्दैछ । र, उनी सत्तामा आएपछि ला”’गूऔ”’षध त”’स्कर तथा प्रयोगकर्ताको नाममा ६ हजार मानिस मा”’रिएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार