बरामद गरेको सुन बाँडेर खाएको आरोपमा इन्सपेक्टरसहित १६ जना निलम्बन गर्न सिफारिस

उज्यालो प्रतिनिधि १५ फाल्गुन २०७६, बिहीबार समाचार

काठमाडौं । बरामद गरेको सुन बाँडेर खाएको आरोपमा इन्सपेक्टरसहित १६ जना प्रहरीलाई निलम्बन गर्न अख्तियारले प्रहरी प्रधान कार्यलयलाई सिफारिस गरेको छ ।

बरामद सुन बाँडफाँड गरी खाएको आरोपमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरिक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरीलाई निलम्बन अख्तियारले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको हो ।

गत पुस ११ गते केरुङबाट नेपाल आउँदै गरेको ना ६ ख ४९३२ नम्बरको कन्टेनर चेकजाँच गर्ने क्रममा चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन लिएर प्रहरीले चालकलाई छाडेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चालकबाट बरामद भएको सुन आवश्यक कानूनी प्रक्रियाका लागि सम्बन्धित निकायमा नबुझाइ इन्सपेक्टर नेपाललगायत चौकीमा कार्यरत प्रहरीहरुले आपसमा बाँडफाँड गरी खाएको उजूरी अख्तियारमा परेको थियो । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार