काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू नेतृत्वको सरकारले कानूनसम्मत रूपमा मातातीर्थको १ सय ७३ रोपनी जग्गा मोही कायम गरेर वितरण गरेको बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीले सरकारी जग्गा व्यक्तिका नाममा गरिएको निर्णयमाथि छानबिन गर्ने बताएपछि भट्टराईले जानीबुझी व्यक्तिको नाममा सारेको स्पष्ट पारेका हुन् ।
नेपाल ट्रस्टको नामको १ सय ७३ रोपनी जग्गा भट्टराई प्रधानमन्त्री हुँदा व्यक्तिको नाममा नामसारी गरिएको भन्दै मंगलवार ट्रस्टले स्वेतपत्र जारी गरेको थियो । अन्नपूर्ण पोस्टमा खबर छ ।