हेटौंडा । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले आउँदो चैत महिनाको पहिलो हप्ताबाट सवै नागरिकलाई सेवा दिनेगरी मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । केही अस्पतालमा एक हप्ता भित्रै र अरु अस्पतालमा भने चैतको पहिलो हप्ता सम्ममा यो कार्यक्रम सुरु गर्न लागिएको हो ।
वितेको आर्थिक वर्षमा परिक्षणको रुपमा प्रदेशका पाँच जिल्लाका पाँच वटा अस्पतालबाट सुरु गरिएको कार्यक्रम अव चैतबाट भने प्रदेशका १३ जिल्लाका १५ वटा अस्पतालबाट एकैसाथ सुरु गर्न लागिएको हो ।
विगतमा केही सिमित व्यक्तिले मात्र यसको सेवा लिने गरेको भएपनि अहिले भने यसको दायरा फराकिलो वनाएर कार्यक्रम सुरु गर्न लागिएको हो । बिशेषगरी प्रदेशका नागरिकलाई नसर्ने रोगको सजिलै परिक्षण गर्न र समयमानै उपचार गर्नका लागि सहज होस भन्ने उदेश्यले यो कार्यक्रम सुरु गर्न लागिएको प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले वताउनुभयो ।
प्रदेशका कुनैपनि व्यक्तिलाई नसर्ने रोगका बारेमा होलवढी चेकअप गरेर समयमानै जानकारी होस भन्ने उदेस्यले कार्यक्रम ल्याइएको हो । प्रदेशको हेटौंडा अस्पताल सहितका १५ अस्पतालबाट लक्षित वर्गका नागरिकलाई स्थानीय तहको सिफारिसमा निशुल्क रुपमा परिक्षण गर्ने र अरुलाई होलवढी चेकअप गर्नका लागि १६ सय रुपैयाँमा चेकअप गर्नेगरी कार्यक्रम ल्याइएको मन्त्री दुलालले वताउनुभयो ।
बागमती प्रदेशमा विद्यालय नर्स कार्यक्रमलाई स्थायी दरवन्दी श्रृजना गर्ने तयारी
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सुरु गरेको एक विद्यालय एक नर्स कार्यक्रमलाई आउँदो आर्थिक वर्षबाट स्थायी दरवन्दीनै श्रृजना गरेर प्रदेश लोक सेवा आयोग मार्फत नर्स भर्ना गरिने भएको छ ।
प्रदेशको प्रभावकारी कार्यक्रमका रुपमा लिइएको एक विद्यालय एक नर्स कार्यक्रमलाई प्रदेशका एक हजार ३ सय ५० माध्यमिक बिद्यालयमानै सञ्चालन गर्ने तयारी गरिएको प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले वताउनुभयो । चालु आर्थिक वर्षमा यो कार्यक्रम प्रदेशका एक सय ४० वटा सामुदायिक विद्यालयमा सञ्चालन भएको छ ।
प्रदेशका २५ सामुदायिक विद्यालयलाई वस
सामाजिक विकास मन्त्रालयले प्रदेशका २५ वटा सामुदायिक विद्यालयलाई वस हस्तान्त्रण गर्ने भएको छ । विद्यालय मर्ज भएका टाढाबाट पढ्न आउनुपर्ने बाध्यता भोग्दै आएका विद्यालयलाई वस सहयोग गर्न लागिएको हो । कोही पनि बालबालिका विद्यालय शिक्षाबाट वन्चित नहुन भन्ने उदेश्यले घरबाट टाढा विद्यालय जाने र बाटोको सुविधा भएका बालबालिकाका लागि लक्षित गरेर विद्यालयलाई वस हस्तान्तरण गर्न लागिएको छ ।
पाँच विद्यालयमा १५ करोड लागतमा छात्रावास निर्माण
बागमती प्रदेशका पाँच वटा जिल्लाका पाँच विद्यालयमा १५ करोड रुपैयाँ लागतमा छात्रावास निर्माण गर्न लागिएको छ । सामाजिक विकास मन्त्रालयले घण्टौ हिडेर विद्यालय आउनुपर्ने बाध्यता भोग्दै आएका विद्यार्थीलाई ध्यानमा राखेर छात्रावास निर्माण गर्न लागेको हो ।
प्रत्यक विद्यालयलाई ३ करोड रुपैयाँका दरले रकम उपलब्ध गराएर छात्रावास निर्माण गर्न लागिएको वताउँदै सामाजिक विकास मन्त्री दुलालले भन्नुभयो–‘अती दुर्गम क्षेत्रका सिमान्तकृत, गरिव, अल्पसंङख्यकलाई ध्यानमा राखेर छात्रावास निर्माण गर्न लागेका हौं ।
एउटा छात्रावासमा पाँच सय देखि एक हजार जना सम्म विद्यार्थी अटने क्षमताको निर्माण गर्न लागेका हौं ।’ विद्यालय टाढा भएकै कारण कोही नागरिक पढाइबाट वन्चित नहुन भन्ने उदेस्यले यो कार्यक्रम सुरु गर्न लागिएको उहाँले वताउनुभयो ।
बागमती प्रदेशका १० जिल्लामा २७ वटा कवर्डहल
सामाजिक विकास मन्त्रालयले प्रदेशका १० जिल्लामा २७ वटा कवर्डहल चालु आर्थिक वर्षमा निर्माण गर्न लागेको छ । बहुउदेस्य, बहुउपयोगी कवर्डहल चालु आर्थिक वर्षमा निर्माण गर्न लागिएको हो । आउँदो आर्थिक वर्षमा सवै कवर्डहल निर्माणको काम सक्नेगरी तयारी थालिएको छ । कवर्डहलमा एक दर्जन प्रकारका भित्र खेलाइने सवै खालका खेल खेलाउन सहज हुनेछ । यसै सरोफेरोमा रहेर जनपत्रका प्रधान सम्पादक हरि हुमागाईंले बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालसंग कुराकानी गर्नु भएको छ ।
Source : janatapatra.com