यौन हिंसाबाट बचाउन जहाँ किशोरीलाई स्तनमा आइरन लगाउँछ !

उज्यालो प्रतिनिधि १४ फाल्गुन २०७६, बुधबार रोचक बिचित्र

काठमाडौ । कुनै खबरले जो कोहीलाई एक पटक सोच्न बाध्य बनाउँने गर्दछ । हैन यो के होला भन्ने नै हुन्छ । तर वास्तविकता पत्याउनै पर्ने । अधिकांश देशमा बच्चाका लागि जन्मदिन विशेष उत्सवको समय बन्छ । तर, मिराबेलका लागि यस्तो भएन् । नाइजेरियामा बस्ने क्यामेरोनियाली शरणार्थी मिराबेलका लागि १० औं वर्षको प्रवेश निकै पी डादायी रह्यो ।

जब उनी १० वर्षकी पुगिन्, उनको दैनिकमा क ठोर पी डा र या तनाको सुरुवात भयो । उनकी आमाले तातो ढुं गाले उनको स्तनमा आइरन (इस्त्री) लगाउन थालिन् ।

हरेक बिहान, नाइजेरियाको दक्षिणपूर्वी क्रस रिभर स्टेटको अगोजामा बस्ने शरणार्थी समुदायका छिमेकीले उनको खुट्टा समातेर राख्छन् । उनका कलिला स्त नलाई ब ढ्न नदिन उनकी आमाले आगोबाट तातो ढुंगा निकालेर जोडले दबाउँछिन् । हुर्कदै गरेका केटीहरुका बढ्दै गरेका स्त नको विकासलाई रोक्न यो प्रक्रिया महिनौं, वर्षौसम्म दोहोरिन्छ । ‘उनीहरुले मे रा स्त नमा आ गो लगा इरहेको जस्तो महसुस हुन्छ’ मिराबेल भन्छिन् ।

उनकी आमा एन्जेलालाई छोरीको पी डाभन्दा पनि पुरुषबाट हुने यौ न हिं सा र शो षणबाट कसरी जोगाउने भन्ने बढी चिन्ता छ । एन्जेला आफ्नी छोरीप्रति पुरुषको आकर्षण कम होस् भन्ने चाहन्छिन् । एन्जेला भन्छिन् ‘म उनलाई वरपरका केटाहरुको टार्गेट हुन दिन चाहन्न । मलाई थाहा छ, यहाँ धेरै केटाहरु कलिला केटीको पछि लाग्छन् ।’

उनका कलिला स्त नलाई बढ्न नदिन उनकी आमाले आगो बाट ता तो ढुं गा निकालेर जोडले दबाउँछिन् । हुर्कदै गरेका केटीहरुका ब ढ्दै गरेका स्त नको विकासलाई रोक्न यो प्रक्रिया महिनौं, वर्षौंसम्म दोहोरिन्छ ।

क्यामरुनका महिलामापनि यो चलन पुस्तौंपुस्तादेखि चल्दै आएको छ । यसबाट महिलामा पर्ने मनोवैज्ञानिक तथा शा रीरिक अ सरलाई बाहिर ल्याँइदैन् । बरू यसलाई एउटा सामाजिक परम्पराको रुपमा निरन्तरता दिँदै आएका छन् ।

यसको अभ्यास कसरी सुरु भयो भन्ने तथ्य स्पष्ट छैन । तर क्यामरुनका एक चौथाई महिलाको स्त नमा आ इरन लगाइएको हुन्छ, क्यामरुनको गैर–सरकारी संस्था लैंगिक सशक्तिकरण र विकास (जिइइडी) ले गरेको अनुसन्धानले करिब ६० प्रतिशत मु द्दामा छोरीको ‘स्त न आइ रनिङ’ आमाहरुले गर्ने गरेका छन् ।

संयुक्त राष्ट्र संघले ‘स्त न आइ रनिङ’ लाई लि ङ्गमा आधारित हिं सा भनेको छ, जुन सबैभन्दा कम रिपोर्ट भएको अपराधको रुपमा व्याख्या गरिएको छ । यसबाट विश्वव्यापी रुपमा ३ दशमलव ८ मिलियन महिला प्रभावित छन् ।

नाइजेरियाको क्रस रिभर स्टेटमा रहेका अन्य शरणार्थीहरु जस्तै मिराबेल र एन्जेला दक्षिणपश्चिमी क्यामरुन सहर अक्वायाबाट भागेर आएका हुन् । सरकारी सेना र अंग्रेजी बोल्ने अल्पसंख्यक पृथकतावादीबीच द्ध न्द्ध भएपछि धेरै मानिस त्यहाँबाट ना इजेरिया पुगेका थिए ।

आन्तरिक द्ध न्द्धले करिब ५ लाख मानिस विस्थापित भए । यसले उक्त क्षेत्रमा मानवीय संकट उत्पन्न भयो । संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सी (युएनएचसिआर) ले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार नाइजेरियामा क्यामरुनका ५० हजारभन्दा बढी शरणार्थीहरु छन्, जसमध्ये क्रस रिभर स्टेटमा ७० प्रतिशत छन् । एन्जेला र उनकी छोरी ओगोजा २०१८ को फेबु्रअरीमा आएका थिए, अन्य हजारौैं शरणार्थीहरु एडगम र ओकेन्डेमा शरण लिइरहेका थिए, त्यहाँ रहेका महिला र केटीहरुले आफूमाथि यौ न दुव्र्य वहार र शो षण भएको गुनासो गर्दै आएका छन् ।

नाइजेरियाको होस्ट कम्युनिटी तथा शरणार्थी शिविरभित्रै रहेका पुरुषहरुबाट आफूहरु यौ न हिं सामा परेको उनीहरु बताउँछन् ।

‘आजकल तपाईलाई यौ न स म्पर्कको प्र स्ताव राख्ने वा आफ्नो घरमा बोलाउने मानिसलाई नभेटी घरबाट जान सक्नुहुन्न ।’ दक्षिणी पश्चिमी क्यामरुनको सीमावर्ती सहर मम्फेबाट आफ्ना बाबुआमासहित भागेकी १७ वर्षीया क्विन भन्छिन्, ‘यहाँ कुनै महिला सुरक्षित छैनन् ।’

१२ जनाभन्दा बढी क्यामरुनका युवतीहरु एडगम र ओकेन्डेमा बस्छन्, उनीहरु नियमित यौ न दु र्व्य वहारको शि कार भइरहेका छन् । यस्तो जटिल अवस्थामा आफ्ना छोरीहरुको रक्षा गर्न बाबुआमाले स्त नमा आ इरन लगाउने गरेका हुन् । हेलेन र उनका श्रीमानले पनि आफ्न १३ वर्षीया छोरीलाई यौ न दु र्व्यव हारबाट बचाउन स्त नको आ इरन गर्ने निर्णय गरे ।

हेलेन भन्छिन् ‘हामी सबैले यो आफ्नो हितका लागि गरेका हौं ।’ तर, नाइजेरियाका वरिष्ठ संरक्षण विशेषज्ञ सलोमे गाम्बो भन्छन् ‘यो अभ्यासले बच्चालाई शारीरिक र मानसिक जोखिममा पुर्याउँछ, परिवारले आफ्नी छोरीलाई यी विषयमा शिक्षित बनाउने प्रयास गर्नुपर्छ।’ अलजजिरा डट कमबाट साभार

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार