काठमाडौँ । सिन्धुपाल्चोकको सुकुटेमा प्रथम सुकुटे महोत्सव २०७६ हुने भएको छ । सिन्धु पर्यटन व्यवसायी सङ्घले आयोजना गरेको उक्त महोत्सव आउँदो फाल्गुन १७ गतेदेखि २० गतेसम्म हुने छ् ।
नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा आयोजना हुन लागेको महोत्सवको सबै तयारी पुरा भएको आयोजक समितिका संयोजक तथा सङ्घका अध्यक्ष नारायण श्रेष्ठले बताए ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार स्थानीय उत्पादन, स्थानीय संस्कृति, जलयात्रा तथा नदी संरक्षणलगायतलाई प्रवर्द्धन गर्न महोत्सवको आयोजना गरिएको अध्यक्ष श्रेष्ठको जनकारी दिए ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिनुका साथै र्याफ्टिङ, प्याराग्लाईडिङ, साइक्लिङ, तामाङ सांस्कृतिक झाँकी, धिमे बाजा, तेक्वान्दो, बिच भलिबल र फुटबल प्रतियोगितालगायतका विविध कार्यक्रम हुने बताइएको छ ।
कार्यक्रमको उद्घाटन नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने छन् भने समापन सभामुख अग्निप्रसाद सापकोटाले गर्ने आयोजकले जनाएको छ ।