प्रधानमन्त्री ओली भन्छन्, ‘वामदेवलाई राष्ट्रिय सभामा सिफारिस गर्दिन, परेको व्यहोर्छु’

उज्यालो प्रतिनिधि १४ फाल्गुन २०७६, बुधबार समाचार

काठमाडौं । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस नगर्ने अडान लिएका छन् ।

यद्यपी ओली आफैँ उपस्थित् सचिवालय बैठकबाट आजै गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय भएको थियो । निर्णय भएको निर्णय बाहिर पुग्न नपाउँदै ओलीले आफ्नो असन्तुष्टि पोखेका हुन् ।

ओलीले आफूलाई सधैँ अप्ठ्यारोमा पारेको भन्दै वामदेवलाई राष्ट्रिय सभामा सिफारिस नगर्ने बताएका हुन् । हालका अर्थमन्त्री युवराज खतिवडाको ठाउँमा गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्न ओली अनिच्छुक देखिएपछि गौतम राष्ट्रिय सभा सदस्य बन्ने बाटो बन्द हुने देखिएको छ ।

ओलीले एक नेतासँग भनेका छन्, ‘ममाथि घेराबन्दी भयो, परेको म व्यहोर्छु, वामदेवजीलाई राष्ट्रिय सभामा सिफारिस गर्दिन ।’

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार