रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानको निवन्ध प्रतियोगितामा ललितपुरका सुरज प्रथम

उज्यालो प्रतिनिधि १४ फाल्गुन २०७६, बुधबार समाचार

 

पोखरा १४, फागुन ।
तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको स्मृतिमा स्थापित रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले आयोजना गरेको राष्ट्र व्यापी अन्तर कलेज निवन्ध प्रतियोगितामा ललितपुरका सुरज परियार प्रथम भएका छन् । उनी रिट्ज कलेजमा इन्जिनियरिङ्ग विषय तर्फ प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् ।

त्यस्तै द्वितीय त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान नर्सिङ्ग क्याम्पस विराटनगरमा स्नातक तह दोस्रो बर्षमा अध्ययनरत मनिता योङहाङ र तृतीय सुष्मा गोदावरी कलेज, इटहरी सुनसरीमा स्नातक तहमा अध्ययनरत ओखल ढुंगाका रामचन्द्र अधिकारी भएका छन् । ‘विकास, राजनीति र रविन्द्र अधिकारी’ विषयमा आयोजित निवन्ध प्रतियोगितामा नेपाल भरीका स्नातक तह र सो भन्दा माथी अध्ययनरत ५२ जना विद्यार्थीहरूका निवन्धहरू समावेस गरिएको थियो । सो निवन्धमा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरूले क्रमशः रु. २५ हजार, रु. २० हजार र रु. १५ हजार नगद र प्रमाण–पत्र प्राप्त गरिने छ ।

विजयी प्रतियोगीहरूलाई अधिकारीको प्रथम स्मृति दिवसका अवसरमा पोखराको सभागृहमा फागुन १५ गते विहान ११ः०० बजे आयोजना हुने स्मृति सभामा पुरस्कृत गरिने प्रतियोगिताका संयोजक डोलराज पाण्डेले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार