दक्षिण कोरियाको जन्मदर घट्यो

उज्यालो प्रतिनिधि १४ फाल्गुन २०७६, बुधबार प्रवास

सियोल । लगातार घट्दै गएको दक्षिण कोरियाको जन्मदर यस वर्ष पनि घटेको बुधबार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । करिब ५ करोड १० लाख जनसंख्या रहेको कोरियामा गत वर्ष (सन् २०१९) मा केबल तीन लाख शिशुको जन्म भएको अधिकारीहरुले बताएका छन् ।

कोरियामा पनि हाल विश्वमै सबैभन्दा लामो औसत आयू भएका व्यक्तिहरु छन् तर जन्मदर भने सबैभन्दा न्यून छ । यी दुई पृथक सूचकका कारण कोरियाली जनसांख्यिक संरचनामै ठूलो सङ्कट आउने अवस्था सिर्जना भएको छ ।

कोरियाली तथ्याँक ब्यूरोले सन् २०१९ मा कूल ३ लाख ३ हजार १०० बालबच्चा जन्मिएको जनाएको छ । अघिल्लो वर्षको तुलनामा यो ७.३ प्रतिशत कम हो ।

मुलुकको प्रजनन दर पनि ०.९२ मा झरेको छ । प्रजनन दर भन्नाले एक महिलाले आफ्नो जीवनकालमा अपेक्षा गरेको बच्चाहरूको कूल संख्या हो । यो लगातार दोस्रो वर्ष पनि एकभन्दा कमै छ, र जनसंख्यालाई स्थिर राख्न चाहिने २.१ भन्दा यो निकै कम हो ।

परम्परागत सामाजिक मूल्यमान्यता, महिलाहरूमाथि बालबच्चा हुर्काउन सामना गर्नुपर्ने बोझ र आफ्नो करिअरजस्ता अवरोधले कोरियाली महिलालाई बालबच्चा जन्माउन दुरुत्साहित गरेको अध्ययनले देखाएको छ ।

सरकारले जन्मदरमा सुधार ल्याउन सन् २००६ यता १ खर्ब ४८ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गरिसकेको छ तर सन् २०६७ सम्ममा कोरियाली जनसंख्या ३ करोड ९० लाखमा झर्ने प्रक्षेपण गरिएको छ । सन् २०६७ मा कोरियालीको मध्यम आयू बढेर ६२ वर्ष पुग्नेछ । –एएफपी/Photo: AFP

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार