मुढेमा ६० फिट उचाइको हिल स्टेशन निर्माण गरिने

उज्यालो प्रतिनिधि १४ फाल्गुन २०७६, बुधबार समाचार

काठमाडौँ । सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका-५ स्थित मुढेमा ६० फिट उचाइको हिल स्टेशन निर्माण गरिने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले वाग्मती प्रदेश सरकारको रु आठ करोड ८५ लाख अनुदान सहयोगमा निर्माण गर्न लागेको हो ।

दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त टावरको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको गाउँपालिकाको अध्यक्ष कमल नेपालले बताउनुभयो । कूल ४० रोपनी क्षेत्रफलमा निर्माण गरिने सो स्थानमा बाल उद्यान, वनभोजस्थल, सामाजिक लज तथा बगैँचासमेत निर्माण गरिने छ ।

समुद्री सतहबाट २५०० मिटर उचाइमा पर्ने उक्त स्थानबाट नजिकै पर्ने दोलखाको सैलुङ, कालीञ्चोक मन्दिर, गौरी शङ्कर तथा सिन्धुपाल्चोकको जुगल हिम शृङ्खला दार्जे लाक्पालगायत देख्न सकिन्छ । त्यसैगरी दोलखा, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुङ्गा तथा काभ्रे जिल्लाको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रथम आरोही न्युजिल्याण्डका सर एडमण्ड हिलारी र नेपाली तेञ्जिङ नोर्गे सन् १९५३ मा त्यही बाटो भएर सगरमाथा आरोहणका लागि गएका थिए । उनीहरु सोही स्थानमा बास बसेको भन्नेसमेत स्थानीय वृद्धले बताएका छन् ।

उक्त हिल स्टेशनको वाग्मती प्रदेशका पर्यटन, उद्योग वन तथा वातावरणमन्त्री अरुण नेपालले हालै शिलान्यास गर्नुभएको थियो । (रासस)

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार