कोरोना भाइरस उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी

उज्यालो प्रतिनिधि १४ फाल्गुन २०७६, बुधबार प्रवास

ओमाहा, नेब्रास्का। कोरोना जीवाणु (भाइरस) उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। विश्वभर विभिन्न ५० स्थानका ४०० बिरामीलाई परीक्षणका लागि यो औषधि खुवाउने तयारी भइरहेको छ।

अध्ययनमा समावेश हुने आधा बिरामीलाई एन्टिभाइरल औषधि (रेमडेसिभर) दिइने छ भने बाँकी आधालाई प्लासेबो दिइने छ। यही प्रकृतिको औषधि अर्को एक कम्पनीले पनि परीक्षण गरिरहेको छ। यद्यपी विश्वभर कोरोना उपचारका लागि धेरै किसिमका अध्ययनहरु हाल सञ्चालनमा छन्।

नेब्रास्का मेडिकल सेन्टरका वैज्ञानिक डा आन्द्रे कालीलले चीनबाट फैलिएको कोरोना भाइरसको प्रकोप विश्वव्यापी बन्न लागेपछि सेन्टरले तत्कालै नयाँ औषधिको खोज शुरु गरेको बताए। कोविड–१९ सङ्क्रमण भएर अस्पताल भर्ना भएका बिरामीलाई यो औषधि परीक्षणका रुपमा खुवाउने सेन्टरको योजना छ।

“अति जरुरीमा परेका मानिसलाई सेवा गर्नु नै हाम्रो मुख्य लक्ष्य हो,” डा कालीलले भने।

जापानको क्रुज जहाजबाट उद्धार गरिएका १४ जनालाई यही नेब्रास्का मेडिकल सेन्टरमा भर्ना गरिएको छ। तीमध्ये १२ जनामा कोविड–१९ को सङ्क्रमण देखिएको छ।

नयाँ र रहस्यमय यस कोरोना भाइरसको हालसम्म कुनै प्रामाणिक उपचार वा खोप अहिलेसम्म बनेको छैन। कोरोनाकै कारण हाल विश्वभर ८० हजारभन्दा बढी मानिसलाई सङ्क्रमित भइसकेका छन्, र २ हजार ७०० जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा अधिकांश चीनका नागरिक छन्।

चिकित्सकहरुले ज्वरो, खोकी र सास फेर्न अप्ठ्यारो भएर उपचारका लागि आएका बिरामीलाई तरल पदार्थ र पीडा कम गर्ने औषधि मात्र दिइरहेका छन्। सख्त बिरामी व्यक्तिलाई चिकित्सकहरूले भेन्टिलेटर प्रयोग गरेर श्वास फेर्न मद्दत गर्दछन् वा मेसिनको प्रयोग गरेर शरीरभित्र अक्सिजन पम्प गराइन्छ जसले मुटु र फोक्सोको कामलाई केही सहज बनाउँछ।

चीनमा जाइलेड साइन्सेजले निर्माण गरेको रेमडेसिभर आधारित औषधिको परीक्षण प्रयोग कम्तिमा दुई जना बिरामीमा गरिएको छ। अर्कोतर्फ, एचआईभीको औषधि बनाउन प्रयोग हुने लोपिनावीर र रीटोनावीरको सम्मिश्रणबाट पनि अर्को औषधि परीक्षण भइरहेको छ।

विश्व स्वास्थ्य संगठनले गत महिना प्रकाशन गरेको एक प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा रेमडेसिभरलाई “सबैभन्दा सम्भाव्य” उपायका रुपमा स्वीकारेको थियो। कङ्गोका केही इबोला बिरामीहरूमा यो अध्ययनलाई छोटो परीक्षणका रुपमा प्रयोग गरिएको थियो। डब्लुएचओले प्रयोगशालाको अध्ययनमा नयाँ कोरोना भाइरससँग मिल्दाजुल्दा सार्स र मर्सको उपचार गर्न सकिने जनाएको छ।

जाइलिडले यो औषधि थोरै बिरामीलाई प्रयोगका लागि उपलब्ध गराएको छ, जसमा वासिङ्टन राज्यका एक व्यक्ति पनि छन् जो कोरोना प्रकोपको केन्द्रमा रहेको चिनियाँ शहर उहानको भ्रमणपछि बिरामी भएका थिए। उनलाई अस्पतालमा भर्ना गरिएको छैन, तर रेमडेसिभरले उनलाई मद्दत गरेको थियो वा थिएन भन्ने केही थाहा हुन सकेको छैन।(रासस-एपी)

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार