चीनमा जंगली जीवको बेचबिखन तथा उपभोगमा प्रतिबन्ध लगाइयो

उज्यालो प्रतिनिधि १४ फाल्गुन २०७६, बुधबार समाचार

एजेन्सी । चीनको शीर्ष राजनीतिक निकायले सोमबार जंगली जीवको बेचबिखन तथा उपभोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

विज्ञले वर्तमान कोरोनाभाइरस प्रकोप वन्यजन्तुबाट मानिसमा सरेकोे प्रमाण देखिएको बताउँदै आएका छन् । सोमबार चीनको राष्ट्रिय जन–कंग्रेसको स्थायी समितिले जंगली जीवको ओसारपसार र व्यापारमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो । ‘जन स्वास्थ्य तथा पर्यावरणीय सुरक्षा’को प्रतिरक्षाका लागि उक्त कदम उठाएको घोषणमा बताइएको छ ।

त्यसबाट ‘जंगली जीवको सेवनमा पूर्ण प्रतिबन्ध लगाउने’ लक्ष लिइएको समितिले बताएको छ ।

अब वैज्ञानिक अनुसन्धान, चिकित्सक तथा प्रदर्शनीको लागि वन्यजन्तुको प्रयोग गर्नु परेमा पनि ‘कठोर जाँच र स्वीकृति’को आवश्यकता पर्ने व्यवस्था गरिएको छ ।

चिनियाँ अधिकारीले यस अघि नै जनवरी २६ मा वन्यजन्तुको व्यापारमा प्रतिबन्ध लगाएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार