सुजाता कोइराला नेपाल छाडेर विदेश जाने तयारीमा

उज्यालो प्रतिनिधि १४ फाल्गुन २०७६, बुधबार समाचार

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला नेपाल छाडेर विदेश जाने तयारीमा लागेकी छन्।

पिता गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् सुजाताले आफ्नो अधिकांश सम्पत्ति बिक्री गरिसकेकाे र बाँकी सम्पत्ति आफ्ना छोराछोरीलाई अंशको रुपमा उपलब्ध गराइदिएकी छिन् ।

अहिले सुजाताले नेपाल छाड्ने र बेलायत गएर छोरी ज्वाइँसँग बस्ने योजना बनाइरकी छन् ।

त्यसैका लागि सुजाताले काठमाडौँस्थित बेलायती दूतावासमा दश वर्षे भिसाको लागि आवेदन दिएकी छिन् ।

बेलायतले सामान्यतय नेपालीलाई दश वर्षे भिसा नदिने भए पनि सुजाताले विभिन्न माध्यममार्फत यसका लागि पहल गरिरहेको जनाइएकाे छ ।

प्रवेशाज्ञा मिल्ने बित्तिकै उनी मुख्य वासस्थान बेलायतलाई बनाउने गरी देश छाड्ने तयारीमा रहेकाे समाचार आजको घटना र विचार साप्ताहिकमा छापिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार