कोरियाले २ लाख मानिसमा कोरोनाको परीक्षण गर्ने,भ्याक्सिन बनाउन अमेरिकाले १ अर्ब डलर दिने

उज्यालो प्रतिनिधि १३ फाल्गुन २०७६, मंगलवार प्रवास

एजेन्सी । कोभिड-१९ भाइरसबाट संक्रमितको संख्या डरलाग्दो तरिकाले बढेपछि दक्षिण कोरियाले दुई लाख मानिसमा उक्त भाइरस भए/नभएको परीक्षण गर्ने भएको छ।

कोरियाको थेगु सहरमा रहेको सिन्चेन्जी चर्चबाट भाइरस फैलिएको देखिएपछि सरकारले उक्त चर्चका सबै सदस्यको परीक्षण गर्न लागेको हो।

सिन्चेन्जी चर्चका कोरियाभरि रहेका शखामा दुई लाख मानिस सदस्य छन्। दक्षिण कोरियामा मंगलबारसम्म ८ सय ९३ जनामा कोभिड १९ को संक्रमण देखिएको छ भने ८ जनाको ज्यान गइसकेको छ।

कोरियाली सैनिकमा पनि संक्रमण देखिएको छ।

८ जना सैनिकलाई कोभिड-१९ देखिएपछि अमेरिकासँग हुने तय भएको सैन्य अभ्यास रोकिएको छ।

यसैबीच चीनको वुहानबाट सुरू भएर संसारभर फैलिएको कोभिड-१९ को विरूद्धको भ्याक्सिन बनाउन अमेरिकाले १ अर्ब डलर दिने भएको छ।

अमेरिकी राष्ट्रपति कार्यालयले कोरोनाविरूद्धको लडाइँका लागि साढे २ अर्ब डलर छुट्याउन लागिएको र त्यसमध्ये १ अर्ब डलर भ्याक्सिन बनाउन खर्च हुने जनाएको छ।

कोभिड-१९ बाट अहिलेसम्म चीनमा ७७ हजार ६ सय ५८ जना संक्रमित भएका छन् भने २ हजार ६ सय ६३ जनाले ज्यान गुमाएका छन्।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार