दक्षिण कोरियाका ठूलो संख्यामा कोरोनाभाइरसको संक्रमण देखिएसँगै कामदार पठाउन रोक

उज्यालो प्रतिनिधि १३ फाल्गुन २०७६, मंगलवार समाचार

काठमाडौं। दक्षिण कोरियाका ठूलो संख्यामा कोरोनाभाइरसको संक्रमण देखिएसँगै त्यहाँ नेपाली कामदार पठाउन बन्द भएको छ । औपचारिक निर्णय नै गरेर कामदार पठाउन रोक लगाइएको भने छेन तर तत्कालका लागि जान ठिक्क परेका कामदारलाई रोकिएको छ । कोरिया उठ्ने समय आइसकेका केही कामदार रोकिएका छन् र यही साता उड्ने केही कामदारलाई पनि रोकिएको छ ।

परिस्थिति सामान्य नभएसम्मका लागि कोरिया नजान आग्रह गरेर ती कामदारलाई रोकिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले त्यहाँको स्थिति सामान्य नरहेकोले नेपाली कामदारलाई नजान आग्रह गरी रोकिएको जानकारी दिए ।

‘तत्काललाई कोरियामा नजान कामदारलाई आग्रह गरिएको छ’ उनले भने, ‘परिस्थिति सामान्य भएपछि पठाइनेछ ।’ अहिले कोरियामा कोरोना भाइरसको संक्रमण विस्तार भइरहेको छ।

वैदेशिक रोजगार विभाग अन्तर्गत रहेको इपीएस कोरिया शाखाका अनुसार एक हजार दुई सय नौ जनाको सम्झौता आइसकेको छ । ती सबैलाई तत्काल नजान आग्रह गरिनेछ । कोरियामा अहिले करिब ५० हजार नेपाली छन् । दक्षिण कोरियाको प्रायः सबै क्षेत्रमा नेपाली कामदार रहे पनि तुलनात्मक रूपमा थेगु क्षेत्रमै बढी कामदार कार्यरत छन् । यही क्षेत्रमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार