इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५० पुग्यो

उज्यालो प्रतिनिधि १३ फाल्गुन २०७६, मंगलवार प्रवास

एजेन्सी ।  इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५० पुगेको छ । इरानको उत्तरी सहर कोममा मात्रै ५० जनाको मृत्यु भएको हो । राजधानी तेहरानबाट १४७ किलोमिटर दक्षिणपश्चिम क्षेत्रमा पर्ने कोम सहरमा गत बुधबारदेखि भाइरसको संक्रमण भेटिएको थियो । सोमबारसम्म १२ जनाको मृत्यु भएको थियो ।

इरानी अधिकारी अहमद अमिराबादी फरहानीले बताए अनुसार कोम सहरमै २५० जना क्वारेन्टाइनमा छन् । कोम सहर इरान तथा अन्य देशका मानिसहरुको धार्मिक अध्ययनको लोकप्रिय गन्तव्य हो । इरानका धेरै विद्यालय तथा अन्य सार्वजनिक स्थानहरु बन्द गरिएको इरानी अधिकारीले जनाएका छन् ।

छिमेकी देशहरु पाकिस्तान, टर्की, अफगानिस्तानलगायतका देशले अस्थायी रुपमा इरानको सीमा बन्द गरेका छन्, र इरानको यात्रामा पनि प्रतिबन्ध लगाएका छन् । कोमलगायत इरानका अन्य चार सहरमा कोरोना भाइरसको संक्रमण फैलिएको अधिकारीहरुले जनाएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार