दक्षिण कोरियामा कोरोना भाइरसका कारण ८ जनाको मृत्‍यु, ८ सय ९३ संक्रमित

उज्यालो प्रतिनिधि १३ फाल्गुन २०७६, मंगलवार प्रवास

एजेन्सी । दक्षिण कोरियामा कोरोनाभाइरस अर्थात् कोभिड–१९ का एकैदिन ६० भन्दा बढी नयाँ संक्रिमत सार्वजनिक भएका छन् । कोरियाको सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले मंगलबार दिएको जानकारी अनुसार अहिलेसम्म ८ सय ९३ संक्रमितको पुष्टि भइसकेको छ भने आठ जनाको मृत्यु भएको छ । यो चीन बाहिरको सबैभन्दा धेरै संख्या हो ।

उता जापानको डायमन्ड प्रिन्सेसमा मंगलबार अर्का एक युवकको मृत्यु भएको छ । अहिलेसम्म क्रुजमा सवार तीनजनाको मृत्यु भइसकेको छ । साथै चीनमा एकैदिन ७१ जनाको मृत्यु भएको छ । तीमध्ये सबैभन्दा धेरै हुबेई प्रान्तमा ६८ जनाको मृत्यु भएको छ ।

चीनको स्वास्थ्य प्राधिकरणले मंगलबार दिएको जानकारी अनुसार चीनमा सोमबार ५ सय ८ नयाँ संक्रमित भेटिएका छन् । यहाँ अहिलेसम्म २ हजार ६ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ । यसका साथै ७७ हजार ६ सय ५७ संक्रमितको पुष्टि भइसकेको छ । २७ हजारभन्दा बढीलाई अस्पतालबाट छुट्टी दिइएको पनि जानकारीमा उल्लेख छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार