नयाँ दिल्लीमा भएको हमलामा प्रहरीसहित ४ जनाको ज्यान गयो

उज्यालो प्रतिनिधि १३ फाल्गुन २०७६, मंगलवार प्रवास

नयाँदिल्ली । भारतको दिल्लीमा सरकार समर्थकद्वारा नागरिकता कानुनका विरोधीहरूमाथि सोमबार आक्रमण भएका छन् ।

भारतमा नागरिकता कानुनविरुद्ध भइरहेको प्रदर्शन क्रममा सोमबार राजधानी दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिंसा भड्किँदा एक प्रहरी कन्स्टेबल र तीन सर्वसाधारणसहित चार जनाको मृत्यु भएको छ । कम्तिमा ३७ जना घाइते भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।

दिल्लीमा लगातार दोस्रो दिन नागरिकता कानुनका समर्थक र विरोधीहरूबीच ढुंगा हानाहान भएको थियो । सरकार समर्थकहरू ‘जय श्रीराम’ को नारा लगाउँदै कानुनको समर्थनमा ओर्लिएपछि दुई पक्षबीच झडप भएको हो ।

सरकार समर्थकहरूले नागरिकता कानुनको विरोध गरिरहेका मुसलमान समुदायमाथि आक्रामक देखिएका छन् । सडकमा कतिपय मुसलमानमाथि भीडले सांघातिक कुटपिट गरेका छन् । कतिपय ठाउँमा पेट्रोल बमसमेत प्रयोग गरिएका छन् । वरिपरिका पसल, घर र सवारी साधनमा आगो लगाइएको छ ।

प्रहरीले झडप नियन्त्रण गर्न अश्रुग्यास र लाठी प्रहार गरेको थियो । उत्तरपूर्वी दिल्लीको मौजपुर, जफराबाद, भजनपुरा, कर्दामपुरी, दयालपुर र चाँदबाद क्षेत्रमा हिंसा भड्किएको बताइएको छ । यी ठाउँ दिल्लीको केन्द्रबाट करिब १५ किलोमिटर दुरीमा पर्छन् ।

हिंसा भड्किएपछि दिल्ली मेट्रो रेल कर्पोरेसनले उत्तरपूर्वी दिल्लीका विभिन्न स्थानको सेवा बन्द गरेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार