८० जनामाथि यौन दुर्व्यवहारको आरोप लागेका निर्माता हार्भी दोषी ठहर,२५ वर्ष सम्मको जेल सजाय

उज्यालो प्रतिनिधि १३ फाल्गुन २०७६, मंगलवार समाचार

एजेन्सी । हलिउड निर्माता हार्भी वाइन्सटिन बलात्कारसहित कुटपिटको घटनामा दोषी ठहर भएका छन्। म्यानहटन अदालतले गरेको फैसलापछि वाइन्सटिन केहि बेर स्तब्ध बनेका थिए ।

‘मिटू’ अर्थात् ‘म पनि पीडित’ भनिने अभियान अन्तर्गत हलिउडका चर्चित अभिनेत्री एन्जेलिना जोली, ग्विनीथ पेल्ट्रो र रोज म्याकगोवानसहित ८० जनाले वाइन्स्टिनमाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए अदालतको यो फैसलासँगै पीडितहरुले न्याय पाएको बताइएको छ ।

६७ वर्षीय वाइन्सटिनलाई अदालतले थर्ड डिग्री बलात्कार (सहमति जनाउन नसक्ने अवस्था वा १७ वर्ष भन्दा कम उमेरका वा सहमति दिन नसक्नु ) र फर्स्ट डिग्री आपराधिक यौन कार्यमा दोषी ठहर गरेको छ।

तर वाइन्सटिनमाथि लागेको सबैभन्दा गम्भीर मुद्दामा भने उनले सफाइ पाएका छन्। वाइन्सटिनले २५ वर्ष सम्मको जेल सजाय पाउन सक्ने बताइएको छ। चलचित्र जगतका बादशाह भनिने वाइन्सटिनले यसअघि आफूविरुद्धका आरोपहरु अस्वीकार गर्दै आएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार