३ घण्टामा मोदी–ट्रम्पले ७ पटक अँगालो हाले, ९ पटक हात मिलाए,ट्रम्पले ६३ पटक भारत र मोदीले २३ पटक अमेरिका भने

उज्यालो प्रतिनिधि १३ फाल्गुन २०७६, मंगलवार फोटो समाचार

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भारत भ्रमणको पहिलो दिन उनको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको केमेस्ट्री निकै मिलेको देखियो । यी दुई नेताको पाँच महिना अघि मोदी कार्यक्रममा र यसपटक अहमदाबादको मोटेरा स्टेडियममा नमस्ते ट्रम्प कार्यक्रममा भेट भएको थियो । ट्रम्पको विमान एयरफोर्स वन सोमबार बिहान ११ बजेर ३६ मिनेटमा अहमदाबाद एयरपोर्ट पुगेको थियो । त्यहाँ मोदीले उनको स्वागत गरे । ट्रम्प र फर्स्ट लेडी मेलानिया ३ घण्टासम्म अहमदाबादमा बसे । यो तीन घण्टामा मोदी–ट्रम्पले ७ पटक अँगालो हाले र ९ पटक हात मिलाए ।

नमस्ते ट्रम्प कार्यक्रममा ७ पटक अँगालो हाले, ६ पटक हात मिलाएः

अहमदाबादमा उत्रने बित्तिकै मोदी–ट्रम्पले सुरुमा अँगालो हाले र त्यसपछि हात मिलाए । त्यसपछि ट्रम्प साबरमती आश्रम पुगे । त्यहाँ पनि मोदी ट्रम्पभन्दा अघि नै पुगेका थिए । ११ मिनेटसम्म ट्रम्प–मेलानिया त्यहाँ बसे, तर यो समयमा मोदी–ट्रम्पले न त हात मिलाए न नै अँगालो हाले । त्यसपछि मोदी–ट्रम्प छुट्टा छुट्टै गरी मोटेरा स्टेडियममा आयोजित ‘नमस्ते ट्रम्प’ कार्यक्रममा पुगे । यो कार्यक्रममा मोदी–ट्रम्पले ७ पटक अँगालो हाले, ५ पटक हात मिलाए । त्यसपछि ट्रम्प अहमदाबाद एयरपोर्ट पुगे, त्यसबाट उनीहरु आगराका लागि प्रस्थान गरे ।

भाषणमा मोदीले २१ पटक ट्रम्प भने, ट्रम्पले १५ पटक मोदीको नाम लिएः

मोटेरा स्टेडियममा ५३ मिनेट १२ सेकेन्डसम्म यी दुई नेता रहे । ट्रम्पले २७ मिनेट र मोदीले दुई पटक गरी २१ मिनेटसम्म भाषण दिए । मोदीले आफ्नो भाषणमा ४१ पटक इन्डिया र २३ पटक अमेरिकाको नाम लिए । उनले २१ पटक ट्रम्प भने । यस्तै, डोनल्ड ट्रम्पले आफ्नो भाषणमा ६३ पटक इन्डिया–इन्डियन्स र पाँच पटक अमेरिका–अमेरिकनको नाम लिए । उनीहरुले १२ पटक मोदीको नाम पनि दिए । ट्रम्पले भाषणमा ४ पटक पाकिस्तानको कुरा पनि उठाए ।

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार