बच्चाका लागि आवश्यक छ यौन शिक्षा, तर कुन उमेरमा ?

एजेन्सी । बच्चाको दिमाग गिलो माटो सरह हुन्छ, यसलाई जस्तो आकार दिन खोज्यो त्यस्तै बन्छ । त्यसकारण उनीहरुलाई जीवनसँग जोडिएका विभिन्न कुरालाई निकै गम्भीरताका साथ सम्झाउन निकै आवश्यक छ । तर जब बच्चालाई यौन शिक्षा दिनेबारे कुरा आउँछ तब हाम्रो मनमा एक किसिमको अप्ठेरो स्थिती सृजना हुने गर्छ । सबैलाई थाहा भएकै कुरा हो, यौन एक निकै संवेदनशील विषय हो जसलाई यदि सही तरिकाले नबुझाइएको खण्डमा बच्चाको मनमा नकारात्मक असर पनि पर्न सक्छ ।

बच्चाले टिभीमा ‘कण्डम’ को विज्ञापनमा अंकल–आन्टीलाई अचम्मको स्थितीमा देख्दा उनीहरुको मनमा आखिर यी दुईले के गरिरहेका छन् भन्ने कुराको उत्सुकता जाग्न सक्छ । यस्तोमा यदि बच्चाले हामीलाई यसबारे प्रश्न गरे, हामी बच्चालाई हप्काउने वा रिसाउने गर्छौं । यहाँ सबैभन्दा ठूलो प्रश्न यो हो कि आखिर अभिभावकले बच्चासँग सेक्सबारे कुराकानी कहिले र कसरी सुरु गर्ने ?

यहाँ सबैभन्दा महत्वपूर्ण कुरा के छ भने हाम्रो बच्चाले यस्ता कुरा बुझ्न सक्षम छ वा छैन भन्ने कुरा थाहा पाउन जरुरी छ । यसका लागि बच्चाको निश्चित उमेर निर्धारण गर्न सकिँदैन तर जब बच्चाले यस विषयमा उत्सुकता देखाउन थाल्छ वा तपाईंलाई बारम्बार यही विषयमा प्रश्न सोध्न थाल्छ भने बुझ्नुहोस् कि तपाईंले आफ्नो बच्चालाई यसबारे जानकारी साझा गर्ने बेला आएको छ । तपाईं शारीरिक अंगलाई त्यसको सही नाम भनेर यसको सुरुवात गर्न सक्नुहुन्छ । तपाईंले अब कोड वर्डको प्रयोग गर्न बन्द गर्नुपर्छ ।

उनीहरु जब ठूलो हुँदै जान्छन् तब बच्चा कसरी जन्मिन्छन् वा उनीहरुको शब्दमा भन्ने हो भने ‘बच्चा कहाँबाट आउँछन्’ भनेर चर्चा गर्नुपर्छ । यसका साथै उनीहरुलाई यो पनि बुझाउनुहोस् कि केही समस्या पर्दा आमा–बुवा वा डाक्टरले मात्रै उनीहरुको निजी अंग स्पर्श गर्न सक्छन्, यी बाहेक अरु कसैलाई पनि यस्तो गर्ने अनुमती छैन । बच्चाहरुलाई आजकाल यसबारे जागरुक बनाउनु अत्यावश्यक छ ।

यौन वा यौन सम्बन्धबारे बच्चाको उत्सुकतालाई आमाबुवाले आलटाल गर्नुहुँदैन । बच्चा अबोध हुन्छन् त्यसकारण उनीहरुसँग यसबारे कुरा गर्नुहुँदैन भन्ने आफ्नो भ्रम आजैबाट त्याग्नुहोस् ।

उनीहरुसँग कसरी कुरा गर्ने ?

हामी भाग्यमानी छौं कि आज हामी यस्तो समयमा बाँचिरहेका छौं जहाँ यसबारे चर्चा गर्नका लागि विभिन्न साधन उपलब्ध छन् । रबी एच ह्यारिसको किताबबाट यसको सुरुवात गर्न सकिन्छ । यो किताब पढेपछि ऐना अगाडि उभिएर यसलाई ठूल्ठूलो स्वरमा पढ्नुहोस् र पछि बच्चाको अगाडि पनि पढ्न थाल्नुहोस् । यदि बच्चाको कुनै प्रश्नको जवाफ दिन तत्काल असमर्थ हुनुहुन्छ भने बच्चालाई यसबारे पछि कुरा गर्ने जानकारी दिनुहोस् । तर पछि कुरा गर्छु भनेर बच्चाको प्रश्नबाट नभाग्नुहोस्, यसबारे अवश्य कुरा गर्नु होस् ।

सेक्स बारे कुरा गर्नु एक निरन्तर प्रक्रिया हो । त्यसपछि गर्भधारण, हस्तमैथुन, प्रेम, आकर्षण, शारीरिक आकर्षण, सेक्सजस्ता विभिन्न विषयमा बिस्तारै चर्चा गर्नुहोस् । आजकाल किशोरावस्थामा केटा–केटीले ‘भर्जिन’ भएको भन्दै साथीहरुबाटै विभिन्न कटाक्षको सामना गर्ने गरेका छन् । यस्तोमा तपाईंले आफ्ना सन्तासँग खुल्ला रुपमा कुरा गर्नु निकै महत्वपूर्ण छ ।

आमा–बुवा भएको नाताले हामीले यो बुझ्नुपर्छ कि बच्चामा यौनबारे उत्सुकता हुनु एक सामान्य कुरा हो । यसको प्रभाव उनीहरुको नैतिकता र ठूलो हुँदा पर्दैन । साथीहरु र पोर्न साइटबाट यसबारे गलत जानकारी पाउनुको साटो आमा–बुवाले उनीहरुलाई सही वा सुरक्षित जानकारी उपलब्ध गराउनु अत्यावश्यक छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार