“गगन कुमार थापामाथि भ्रष्टाचारको आरोप लागेकोले छानबिन हुनुपर्छ”

उज्यालो प्रतिनिधि १३ फाल्गुन २०७६, मंगलवार समाचार

काठमाडौं । अनेरास्ववियुका अध्यक्ष ऐन महरले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन कुमार थापामाथि भ्रष्टाचारको आरोप लागेकोले छानबिन हुनुपर्ने माग गरेका छन् ।

उनले भने,‘अहिलेपनि छानबिन गर्ने हो भने कांग्रेसका धेरै नेताहरुको नाम भ्रष्टाचारमा मुछिएर आईरहेका छन्, गगन थापाकै नाम आईरहेको छ । त्यो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भिसी नियुक्ती गर्दाको कुरा आईरहेको छ, रौनियार काण्ड, १४ करोड झवाम्मै पार्यो भन्ने कुरा आईरहेको छ ।

सरकारले गरेका राम्रा कामहरु आफूहरुले खुलेर प्रचार गर्ने र गलत कामहरुको खुलेर विरोध गर्ने गरेको दाबी गरेका छन् । उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई रचनात्मक प्रतिपक्षी बन्न सुझाव दिएका छन् ।

उनले कांग्रेसका सभापतिलगायत अन्य नेताहरुको विरुद्धमा पनि आरोप लगाए । आईतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सरकारका केही अभयवहरुले गलत गरे आफूहरुले भण्डाफोर गर्ने जिकिर गरे । तर, अहिले बलियो सरकार भएकोले विकास र समृद्धिको काम भैरहेको उनको दाबी छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार