नेपालका धेरै ग्रामीण क्षेत्रमा अहिले पनि स्वास्थ्य सेवा जनताको पहुँचदेखि टाढा छ। रोल्पाका धेरै गाउँमा पनि बिरामीहरुले सहज स्वास्थ्य सेवा पाउन सकेका छैनन्। रोल्पाको लिवाङमा यातायातको असुविधाका कारण बिरामीलाई डोकोमा बोकेर सदरमुकामका अस्पतालसम्म लैजाने गरिन्छ।
मोटरबाटो र यातायात नभएका कारण बिरामीलाई डोकोमा बोकेर लैजानुपरेको स्थानीयवासीहरु बताउँछन्।