अहिले माक्सवाद नबुझेकाले मात्र कम्युनिष्टको विरोध गरेका छन : प्रधानमन्त्री ओली

उज्यालो प्रतिनिधि १३ फाल्गुन २०७६, मंगलवार समाचार

पोखरा, १२ फागुन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकास अहिले मुख्य एजेन्डा भएको बताउनुभएको छ ।

नेकपा गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले समृद्ध नेपालका लागि सुशासन र विकासलाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो । राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सरकारसँग सकारात्मक दृष्टिकोेण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई पूरा गर्ने उच्च सामथ्र्यका साथै इच्छाशक्तिसमेत वर्तमान सरकारमा रहेको बताउनुभयो ।

पुष्पलाल र मदन भण्डारीले देखाएको बाटोमा स्पष्ट सैद्धान्तिक दृष्टिकोणका साथ हिँडिरहेको नेकपासँग राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा सफलता र असफलताका सबै आन्दोलनका अनुभव रहेकाले पार्टी जनताप्रति उत्तरदायी र जिम्मेवार रहेको स्पष्ट पार्नुभयो । “सात दशक लामो आन्दोलनको अनुभवलाई वस्तुगत अवस्थाभन्दा पृथक सिद्धान्त र व्यावहारिकरूपबाट जनतामा केन्द्रित गरेका छौँ,” उहाँले भन्नुभयो, “दर्शन समाज परिवर्तनका साथै मानव जीवनको दक्षताका लागि हुनुपर्छ ।”

अहिले माक्र्सवाद नबुझेकाले मात्र कम्युनिष्टको विरोध गरेको भन्दै प्रधानमन्त्री ओलीले माक्र्सवादले मानवीय आकाङ्क्षालाई प्रतिबिम्बित गर्दै दार्शनिक बाटो दिने बताउनुभयो । अहिले समाजवादतर्फ जाने आधार तय भएको उल्लेख गर्दै उहाँले ‘कम्प्रिहेन्सिव डेमोक्रेसी’मार्फत मानवअधिकारका विविध आयामलाई समेटेको बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार