पञ्चायत गयो, राजतन्त्र गयो, ओलीतन्त्र पनि जान्छ : अध्यक्ष भट्टराई

उज्यालो प्रतिनिधि १२ फाल्गुन २०७६, सोमबार समाचार

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाउनेलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन् ।

सोमबार साँझ आफ्नो ट्वीटर ह्यान्डलमार्फत कालोझण्डा देखाउँदैमा पक्राउ गर्नु ओली सरकार पञ्चायती निरंकुश मार्गमा उद्यत छ भन्ने जिउँदो प्रमाण भएको प्रक्रिया दिएका हुन् ।

‘शान्तिपूर्ण ढंगले विरोध गर्न पाउनु संविधानप्रदत्त लोकतान्त्रिक अधिकार हो । निरंकुश पञ्चायती कालमा झैं कालोझण्डा देखाउँदैमा पक्राउ गर्नु भनेको ओली सरकार पन्चायती निरंकुश मार्गमा उद्यत छ भन्ने जिउँदो प्रमाण हो,’ उनले अगाडि लेखेका छन्, ‘जसरी पञ्चायत गयो, राजतन्त्र गयो, ओलीतन्त्र पनि जान्छ ।’

सोमबार बिहान प्रधानमन्त्री ओली नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सोमबार पोखरा आउँदा नेविसंघ र समाजवादी विद्यार्थी युनियनका नेताहरुले कालो झण्डा देखाएका प्रयास गरेका थिए ।

पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाउने तयारी गर्दै नाराबाजी उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार