भारत जाने सीमा क्षेत्रमा मास्क लगाएर मात्रै आवातजावत गर्नुपर्ने

उज्यालो प्रतिनिधि १२ फाल्गुन २०७६, सोमबार समाचार

भीमदत्तनगर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारत जाने नेपालीले नेपाल–भारत सीमामा भारतीय सुरक्षाकर्मीले ‘मास्क’ लगाउन अनिर्वाय गरेको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम गर्न भारतीय पक्षले सीमा क्षेत्रमा मास्क लगाएर मात्रै आवातजावत गर्न आग्रह गरिरहेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारत आउने/जाने सबैलाईै माष्क अनिर्वाय गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।

भारतीय पक्षले सिमानामा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पनि परिचालन गरेको छ । ‘शंकास्पद लागे उनीहरुले स्वास्थ्य परीक्षण गर्ने गरेको बुझिएको छ” इप्रका गड्डाचौकीका प्रमुख नरेन्द्र चन्दले भने, “भारतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि एक साता यता कडाइ गरेको हो ।’

मास्क अनिर्वाय गरेपछि गड्डाचौकीदेखि एसएसबी क्याम्पसम्म मास्कको व्यापार बढेको स्थानीयको व्यापारीको भनाइ छ । त्यसैगरी पछिल्ला केही दिनयता भारतीय सुरक्षाकर्मीले नेपाली सवारीसाधन माथिको जाँचमा कडाइ गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार