तेस्रो लिङ्गी समुदाय एचआइभीको जोखिममा

उज्यालो प्रतिनिधि १२ फाल्गुन २०७६, सोमबार समाचार

काठमाण्डौ । तेस्रो लिङ्गीले आफूले उठाएको आवाज राज्यले सुनुवाइ नगरेको गुनासो गरेका छन् । वर्षौदेखि अधिकार प्राप्तिको लडाइमा रहे पनि अहिलेसम्म न्याय नपाएको गुनासो गरेका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा निलहिरा समाजले आज आयोजना गरेको कार्यक्रममा तेस्रो लिङ्गीले यस्तो बताएका हुन् । नीलहिरा समाजका सिमरन शेरचनले वर्षौसम्म अधिकार प्राप्तिको लागि लागेपनि सरकारले सुनुवाइ नगरेको बताइन् ।

“हाम्रो अधिकार प्राप्तिका लागि राजा रामको पालादेखि शुरुआत भए पनि कलियुगसम्म पनि न्याय पाउन सकेनौँ”, उनले भने, “हाम्रो लगाइ २००१ बाटको हो ।” शेरचनका अनुसार तेस्रो लिङ्गी समुदाय एचआइभीको जोखिममा रहेका बताइन् ।

संवैधानिक रुपमा समानता तथा सामाजिक सुरक्षाको अधिकारको व्यवस्था भए पनि व्यावहारिक रुपमा पाउन नसकेको उनले बताइन् ।

“विवाह हामीले सोचेजस्तो हुँदैन, आफूले मन पराएको मान्छेसँग विवाह गर्न पाउदैनौँ”, उनले भनिन्, “विशेष गरेर सामाजिक रुपमा फरक तरिकाले हेर्ने गरिएको छ ।”

त्यसैगरी रोजगारको व्यवस्था नहुँदा आफूहरु अप्ठेरोमा परेका उनले बताइन् । “हामी शारीरिक रुपमा महिला र पुरुषजस्तै भए पनि भावनात्मक र मानसिक रुपमा फरक हुन्छ” शेरचनले भनिन्, “हाम्रो शारीरिक मानसिक र भावनात्मक रुपमा झुकाव फरक हुन्छ ।”

नीलहिरा समाजका अनुज पिटर राईले नागरिकता सहज रुपमा पाउन नसकेको गुनासो गरे । सरकारले अझैसम्म पनि नागरिकता तेस्रो लिङ्गीलाई लिनका लागि सकस बेहोर्नुपरेको बताए । उनले आफूलाई समाजले हास्य पात्रका रुपमा हेरिरहने भएकाले नमिठो अनुभव हुने बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार