मलाई जनताको अपार माया छ्, जनताको तागतको अगाडि कसैको केही लाग्दैन् : महरा

उज्यालो प्रतिनिधि १२ फाल्गुन २०७६, सोमबार समाचार

दाङ । संसद सचिवालयमा कार्यरत एक महिलालाई बलात्कार गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा अदालतबाट सफाइ पाएपछि मतदातासँग भेटघाट गर्न दाङ आइपुगेका छन् । दाङ निर्वाचन क्षेत्र नम्बर २ का मतदातासँग भेटघाट गर्दै उनले आफू षडयन्त्रकारीको भुमरीलाई जितेर आएको बताए ।

महरालाई जिल्लाको प्रवेशद्वार भालुबाङ, लमही, घोराहीलगायतका स्थानमा मतदाताले भव्य स्वागत गरेका थिए । मतदाताले भव्य स्वागत गरेपछि महरा निकै प्रफुल्लितसमेत देखिन्थे । विभिन्न ठाउँँमा आयोजना गरिएका स्वागत कार्यक्रमहरूमा महराले थोरै मात्र बोले । हरेक स्थानमा उनले पाँच मिनेटभन्दा बढी बोलेनन् ।

तीन महिना जेलमा बिताएर आएका महराले आफूमाथि लागेको आरोपका विषयमा आन्तरिक कुरा खोल्लान् भन्ने जनअपेक्षा रहे पनि उनले त्यस विषयमा खासै मुख खोलेनन्् । घोराहीमा मतदाताहरूलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई षडयन्त्रकारीहरूले भुमरीमा पार्न खोजेका छन् । तर म अहिले त्यो भुमरी जितेर आएको छु ।’ उनले आफूलाई जनताको अपार माया रहेको भन्दै जनताको तागतको अगाडि कसैको केही नलाग्ने बताए ।

एमसिसीसँग जोडिएको विषयमा भने उनले सांकेतिक रूपमा राष्ट्रिय स्वाधिनताका विषयमा आफू जहिले पनि लड्ने बताए । ‘म राष्ट्रियताका लागि हिजो पनि लडेँ, आज पनि लड्दै छु र भोलि पनि लड्नेछु,’ उनले भने, ‘यस विषयमा कुनै पनि किसिमको सम्झौता गर्दिनँ ।’ पूर्वसभामुख महरालाई उनी सम्बद्ध पार्टी नेकपाले भने कुनै औपचारिक स्वागत कार्यक्रम आयोजना गरेको छैन । महरा मतदातामाझ अनौपचारिक भेटघाट गर्दै करिब एक हप्ता रहने बताइएको छ ।

नयाँ पत्रीकाबाट साभार्

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार