सरकारले बहुमतको आडमा मुलुकलाई कम्युनिस्टकरण गर्न थाले : नेता पौडेल

उज्यालो प्रतिनिधि १२ फाल्गुन २०७६, सोमबार समाचार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले बहुमतलाई लोकतन्त्रविरुद्ध उपयोग गर्न खोजेको आरोप लगाएका छन् ।

काठमाडौंको अनामनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा सोमबार पत्रकारहरुसँगको कुराकानीमा पौडेलले सरकारले बहुमतको आडमा मुलुकलाई कम्युनिष्टीकरण, भ्रष्टीकरण र संविधान तोडमोड गर्नतिर लागको आरोप लगाए ।

पौडेलले भने, ‘नेपालको एउटा कम्युनिस्ट धार ०४६ सालमा आफूलाई लोकतन्त्रकै ढाँचामा ढालेर बहुदलीय जनवाद भनेर लोकतान्त्रिक प्रक्रियालाई स्वीकार्ने बाटोतिर आयो । अहिले आएर त्यसको ठीक उल्टो देशको राज्यव्यवस्थालाई नै कम्युनिस्ट ढाँचामा ढाल्ने र मुलुकलाई कम्युनिस्टकरण गर्नेतिर जान थालेको छ ।’

नेकपामा चलेका संविधान संशोधन प्रसंगबारे उनले जनताको चाहना विपरीत आफ्नो अधिनायवादी नियतलाई पुष्टि गर्नतिर जनतालाई प्रयोग गर्न लागिएको टिप्पणी गरे ।

नेकपाको उक्त कदमलाई नेता पौडेलले सरकारले अनौपचारिक रुपमा राष्ट्रपतिलाई कार्यकारी बनाउने बाटो समातेको समेत बताए ।

मुलुकमा राष्ट्रपति शासन लागू गर्ने पूर्वतयारी अनुरुप प्रहरी प्रतिष्ठानलाई अन्यत्र सारेर राष्ट्रपति कार्यालय फराकिलो बनाउन खोजिएको उनले दावी गरे । उक्त कुरा आफूलाई स्वीकार्य नभएको उनले बताए ।

यस्तै, उनले निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणमा नेकपा नेतृत्वकै संग्नता रहेको दाबी गरे ।

उनले भने, ‘७० करोड अडियो प्रकरणमा बाँस्कोटा एक्लै दोषी हुनै सक्दैनन् यसमा उनीभन्दा माथिका मानिसहरुको पनि संलग्नता छ । त्यसमा संलग्न सिंगो पार्टी छ । त्यसको नेतृत्व छ । कम्युनिस्ट पार्टी भ्रष्टाचार गरेर पैसा थुपारेर निर्वाचनबाट सत्ता कब्जा गर्नतिर लागेको देखियो ।’

यस प्रकरणमा आगामी दिनमा संसद अवरुद्ध नगर्ने काँग्रेस संसदीय दलको निर्णयबारे उनले भने, ‘संसदीय दलको रणनीति के हो ? अन्य दललाई सँगै ल्याउने कुरामा अगाडि पछाडि हुन्छ । सबै कुरा त्यो मैले बुझ्ने कुरा भएन । म त्यहाँ छैन । अब काँग्रेसले भ्रष्टाचारमा दह्रो ढंगले आन्दोलन गर्नुपर्छ ।’

यस्तै उनले भ्रष्टचार मुद्दा लागेका आफ्ना नेताहरुको पछाडि काँग्रेस नलाग्ने पनि प्रष्ट पारे।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार