बुटवल । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दाडको लमही नगरपालिका वडा नं. ६ मा दिउँसो रा ३ प ५७११ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाईकल चालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ निवासी कृष्णबहादुर डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी अनुसार मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा डाँगी गम्भीर घाइते भएका थिए । उनको लमहीस्थित फ्लोरेन्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।