अफगानिस्तान, कुवेत र बहराइनमा पनि कोरोनाभाइरस

उज्यालो प्रतिनिधि १२ फाल्गुन २०७६, सोमबार प्रवास

काठमाडौ । अफगानिस्तान, कुवेत र बहराइनमा पनि कोरोनाभाइरस संक्रमित बिरामी भेटिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार यी तिनै देशमा पहिलोपटक संक्रमित भेटिएका हुन् ।

एएफपीले अफगानिस्तानमा कोरोना भाइरसको पहिलोपटक संक्रमण पुष्टी भएको जनाएको छ । कुवेत र बहराइनमा पनि कोरोना संक्रमण देखिएको रोयटर्सले लेखेको छ । यी तीनै नेपाली कामदारहरु कार्यरत रहेको देश हुन् ।

अफगानिस्तानमा सुरक्षाका लागि जाने कामदार थोरै संख्यामा भएपनि बहराइन र कुवेतमा ठूलो संख्यामा नेपाली कामदार कार्यरत छन् ।

इरानमा कोरोनाकै कारण सोमबारसम्म १२ जनाको मृत्यु भइसकेको इरानी समाचार एजेन्सी आईएसएनले जनाएको छ । ४४ हजार नेपालीहरु रहेको दक्षिण कोरियामा पनि कोरोना तीव्र गतिमा फैलिएको छ । थुप्रै नेपाली विद्यार्थी र कामदार रहेको जापानमा पनि कोरोना भित्रिएपछि त्रासको अवस्था छ ।

चीनमा अझै यसको महामारी नियन्त्रणमा आइसेकको छैन । इटालीमा पनि कोरोना संक्रमणको दर तीव्र भएपछि उच्च सतर्कता अपनाइएको छ ।

अनलाइनखबारबाट

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार