सिन्धुली । राष्ट्रिय युबा संघ नेपाल सिन्धुलीको प्रथम एकता भेला तथा सपथ ग्रहण सम्पन्न भएको छ ।
सिन्धुलीमाढीमा आइतबार राष्ट्रिय युबा संघ नेपालका केन्द्रिय संयोजक राम प्रसाद सापकोटा (दिपशिखा) को प्रमुख आतिथ्यतातामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय युबा संघका केन्द्रिय सह–संयोजक रमेश पौँडेल, बागमती प्रदेश सांसद लेखनाथ दाहाल (राजन) , बागमती प्रदेश सांसद प्रदिप कटुवाल, बिनोद खड्का लगायत्को सहभागिता थियो ।
कार्यक्रममा राष्ट्रिय युबा संघ सिन्धुलीको जिल्ला कमिटिमा निर्वाचित् संयोजक भुल बहादुर राना मगर, सहसंयोजक देबराज वाइबा सहितका ७१ जना सदस्यहरुलाई आइतबार सपथ ग्रहण गराइएको छ । राष्ट्रिय युबा संघ नेपालका केन्द्रिय संयोजक राम प्रसाद सापकोटा (दिपशिखा) ले निर्बाचित कमिटी का ७१ जना लाई सपथ खुवाएका हुन् ।