अमेरिका सधैँ भारतको बफादार मित्र हुनेछ : ट्रम्प

उज्यालो प्रतिनिधि १२ फाल्गुन २०७६, सोमबार प्रवास

एजेन्सी, १२ फाल्गुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दुई दिवसीय भ्रमणका क्रममा भारत आइपुगेका छन् ।

सोमबार बिहान राष्ट्रपति ट्रम्प गुजरातको अहमदाबाद विमानस्थलमा ओर्लिएका हुन् । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थलमा स्वागत गरेका थिए ।

राष्ट्रपति ट्रम्पले गुजरातस्थित विश्वकै ठूलो नवनिर्मित क्रिकेट मैदानमा सहभागी एक लाखभन्दा मानिसलाई सम्बोधन गरेका छन् । उनले आफ्नो सम्बोधनमा अमेरिकाले भारतलाई सँधै माया गर्ने बताएका थिए । त्यस्तै उनले अमेरिका भारतको बफादार मित्र भएको पनि बताए ।

‘नमस्ते, अमेरिकाले भारतलाई माया गर्छ’, सम्बोधनका क्रममा ट्रम्पले भने, ‘अमेरिका सधैँ भारतको बफादार मित्र हुनेछ ।’

त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले पनि क्रिकेट मैदानमा सहभागीलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा मोदीले अमेरिका र भारतबीचको सम्बन्धको प्रशंसा गरेका छन् ।

‘नमस्ते, ट्रम्प । अमेरिका-भारत सम्बन्ध एउटा वृहत र समावेशी साझेदारी पनि हो’, मोदीले भने ।

आफ्नो परिवारसाथ भारत आएका ट्रम्प अहमदाबादपछि दिल्ली र आगरा जानेछन् । उनीसँगै पत्नी मेलानिया ट्रम्प, छोरी इभान्का र ज्वाइँ जरेड कुशनर पनि भारत आएका छन् ।

आतंकवादविरुद्धको लडाइँमा सहकार्य गर्दै आएका भारत र अमेरिकाबीच ट्रम्पको भ्रमणका क्रममा महत्वपूर्ण सम्झौता हुन सक्ने बताइएको छ । अमेरिकाको होमल्याण्ड सेक्युरिटी र भारतको इन्टेलिजेन्स ब्यूरोबीच आतंकवादसम्बन्धी सम्झौता हुने बताइएको छ ।

त्यस्तै दुबै मुलुकबीच रक्षा सम्झौता हुन सक्ने अपेक्षा गरिएको छ । साथै भारत र अमेरिकाबीच इन्डो प्यासिफिक क्षेत्रमा सहयोग बढाउने गरी एक महत्वपूर्ण सम्झौता हुन सक्ने विश्लेषण गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार