ट्रम्पलाई स्थानीय परिकार चखाउने मोदिको प्लान तर ट्रम्पलाई भने खानपानमा सकस

उज्यालो प्रतिनिधि १२ फाल्गुन २०७६, सोमबार प्रवास

एजेन्सी । ट्रम्पसँगै देश विदेशको भ्रमण गर्दै आएका अमेरिकी अधिकारीहरू भारतको अहमदावाद ओर्लिनासाथ खानाको मेनु देखेर छक्क परे, जो ट्रम्पको साबिकको खानपीनसँग रत्तिभर मेल खाँदैनथ्यो।

३६ घण्टे भारत बसाइका क्रममा भारतले ट्रम्पलाई स्थानीय परिकार चखाउने गरी मेनु तयार पारेको छ, जसको स्वादसँग ट्रम्पको जिब्रो अभ्यस्त छैन। ‘हो, ट्रम्पको खानामा सलाद कहिल्यै टुट्दैन। तर माछामासु पनि छुट्दैन। उनले शाकाहारी खाना खाएको कहिल्यै देखेका छैनौं’ एक अमेरिकी अधिकारीलाई उधृत गर्दै सिएनएन भन्छ, ‘यहाँको मेनुमा त चीजबर्गरसम्म पनि छैन। ट्रम्पले कसरी म्यानेज गर्छन् थाहा छैन।’

ट्रम्प प्रायस्जसो बर्गर, मासु, स्टिक्स आदि खान रुचाउँछन्। तर, भारतका तीन शहर घुम्न लागेका ट्रम्पको विभिन्न अपरिचित परिकारसँग साक्षात्कार हुनेवाला छ। ट्रम्प भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तालु भएर भारत आएका हुन्। मोदी शाकाहारी भएकाले प्राय: लञ्च र डिनरमा शाकाहारी खानेकुरा नै सामेल छन्। मोदीको मेनुमा भेज-बर्गर, रोटी, समोसा, नरिवल पानी आदि समेटिएका छन्। यस अघि ट्रम्पले जति पनि देशको भ्रमण गरेका छन्। त्यहाँ कहिल्यै खानाको समस्या भएको थिएन’ एक अधिकारी भन्छन्, ‘कुनै न कुनै परिकार ट्रम्पको रोजाइको पाइहालिन्थ्यो।’

ट्रम्प बिफ खान रुचाउँछन्, तर भारतमा म्याकडोनाल्डले बिफबाट बनेका परिकार बेच्दैन। त्यसैले, कोठाभित्र जेसुकै गरुन्, सार्वजनिक समारोहमा उनले यसपाली शाकाहारी खाना नखाइ धर पाउने छैनन्।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार