पूर्वराजदूत कमानसिंह लामा सुतेकै ठाउँमा बेहोस,नर्भिक अस्पतालमा भर्ना

उज्यालो प्रतिनिधि १२ फाल्गुन २०७६, सोमबार समाचार

काठमाडौं । नेकपाका नेता तथा दक्षिण कोरियाका लागि पूर्वराजदूत कमानसिंह लामा सुतेकै ठाउँमा बेहोस भएका छन् ।

आइतबार राति १ बजे काठमाडौँ मूलपानीस्थित आफ्नै निवासमा उनी बेहोस भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

राति नै एम्बुलेन्सबाट अस्पताल ल्याएर भर्ना गरिएको लामाकी पत्नी इन्द्रमाया तामाङले जानकारी दिइन् । उनका अनुसार सुतेकै ठाउँमा छट्पटाइराखेका लामा बेहोस भएका थिए ।

उनी सोडियमको कमिका कारण बेहोस भएको चिकित्सकहरुले बताएका छन् । उनको अवस्था क्रमिकरुपमा सुधा हुँदै गएको अस्पतालले जनाएको छ ।

पाँच वर्ष अघि लामालाई किड्नीमा क्यान्सर भएको थियो। त्यसको उपचार गराएका उनी पुनः गम्भीर विरामी परेका हुन् ।

लामा काभ्रेबाट दुईपटक सांसदमा बिजयी भएका थिए। उनी सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार