अध्यक्ष थापाको जोड : राजतन्त्र र हिन्दु राष्ट्र स्थापना हुनेगरी संविधान संशोधन गर्नुपर्छ

उज्यालो प्रतिनिधि १२ फाल्गुन २०७६, सोमबार समाचार

सुर्खेत । रष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र र हिन्दु राष्ट्र स्थापना हुनेगरी संविधान संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

राप्रपा नेपालको निर्वाचन अभिमुखिकरण बैठकका लागि सुर्खेत आइपुगेका अध्यक्ष थापाले पत्रकारसँगको भेटघाटमा बोल्दै उहाँले, संविधान संशोधन गर्न आवश्यक नरहेको र यदि गर्ने नै भए राजतन्त्र र हिन्दु राष्ट्र पुर्नस्थापित हुने गरी संशोधन गर्नुपर्ने बताउनु भएको हो ।

पहिल्ला समयका घटनाक्रम हेर्दा का‌ंग्रेस र नेकपा सिद्धान्तविहीन भइसकेको भन्दै उहाँले अबको वैकल्पिक शक्ति राप्रपा नै रहेको दाबी समेत गर्नुभयो ।

नेकपाले बिना अर्थमा संविधान संशोधनको तयारी गरेको बताउँदै उहाँले सरकार विकास निर्माणको काम छोडेर संविधान संशोधनको तयारीमा लाग्नुले स्वार्थको राजनीति झल्काउने दाबी गर्नुभयो ।

अध्यक्ष थापाले संविधान संशोधन नै गर्ने भए राजतन्त्र स्थापना गर्ने गरी संशोधन गर्नु पर्ने थापाले धारणा राख्नुभयो । ‘संविधान संशोधन नै गर्ने भए नेपाललाई हिन्दु राष्ट्र बनाऔं, राजसंस्थाको पुर्नस्थापना गरौं,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले देशमा भ्रष्टाचार बढिरहेको र धर्म परिर्वतन, बेरोजगारी समस्या, बाह्य शक्तिको दबाब र प्रभाव पनि बढिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार