चीन जाने नेपालीको भिसा शुल्क दोब्बर बढीले महँगियो

उज्यालो प्रतिनिधि १२ फाल्गुन २०७६, सोमबार समाचार

काठमाडौं । चीन सरकारले नेपाली नागरिकलाई दिँदै आएको प्रवेशाज्ञा (भिसा) को दस्तुर दोब्बर बढीले वृद्धि गरेको छ ।

चीनले यसअघिको भिसा र सेवा शुल्क परिमार्जन गर्दै शुल्क वृद्धिको निर्णय गरेको हो । योसँगै चीनको भिसाका लागि २ हजार २ सय तिर्दै आएका नेपालीले अब ६ हजार २ सय बुझाउनुपर्ने भएको छ ।

भिसा सेन्टरका निर्देशक झाङ्ग चियोङ्गले सञ्चालन खर्च, कर्मचारी, उपकरण, नेपालको कानूनअनुसारको करलगायत कारणले भिसा शुल्क वृद्धि गरिएको जानकारी दिए ।

त्यस्तै, अन्य देशका नागरिकसँग भिसाबापत लिँदै आएको शुल्कमा पनि चीनले वृद्धि गरेको छ । अमेरिकी नागरिकसँग यसअघि १५ हजार रुपैयाँ भिसा शुल्क लिँदै आएकोमा त्यसलाई बढाएर १९ हजार रुपैयाँ पुर्याइएको छ ।

क्यानडा, इजरायल, रोमानिया, सर्विया, ब्राजिल, अर्जेन्टिनालगायत देशका नागरिकको भिसा शुल्कमा पनि चीन सरकारले वृद्धि गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार